तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६, चुहानडाँडामा आगलागि भईरहेको छ । साविक चुहानडाँडा ५ को मंसारिमा साँझ ६ बजेबाट आगलागि भएको हो ।
आगलागिबाट अविचन्द्र घिसिङको घर र गोदम पूर्णरुपमा जलेको र्ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिए ।
आगालागि नियन्त्रणको लागि आठराई गाउँपालिकाको दम्कल र फिदिमबाट पनि दमकल हिडिसकेकाे छ । प्रहरी टोली संक्रान्तिबजार बाट पठाईएको प्रहरीले जनाएको छ । आगलागिबाट घिसिङको घर भित्र भएका सबै समान र सम्पति जलेको छ । हालसम्म कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।