पाँचथर । उद्योग बाणिज्य संघ पाँचथरको १२ औं अघिवेशनको लागी मनोनयन शुल्क निर्धारण गरिएको छ । १२ औं अघिवेशन निर्वाचन समितिको बैठकले शुल्क निर्धारण गरेको हो ।
निर्वाचन समितिले अध्यक्षको मनोनयन शुल्क ५० हजार, उपाध्यक्षको २५ हजार, महासचिव २५ हजार, सचिब १५ हजार,कोषाध्यक्ष १५ हजार र सदस्यले ५ हजार उम्मेदवार मनोनयन शुल्क बुझाउनुपर्ने जनाएकाे छ ।
पाँचथरमा वाणिज्य संघको १२ औं अघिवेशन चैत्र १९ र २० गते फिदिममा हुँदै छ ।