पाँचथर । मेचिराजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङको टारीमा ट्रक दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । ट्रक दुर्घटनामा परी एक व्यक्ती च्यापिएको र उनको उद्धार हुँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक सागर श्रेष्ठले जानकारी दिए ।
ना २ ख ८३१६ नम्बरको ट्रक आज साँझ दुर्घटना परेको र च्यापिएको ब्यक्तीकोे उद्धार हुँदै गरेकाे श्रेष्ठले जानकारी दिए । घटनाको बिस्तृत जानकारी आउन बाँकी छ ।