ताप्लेजुङ । ताप्लेजुङको प्रशिद्ध तिर्थस्थल पाथीभरामा शनिबार एकैदिन ६ हजार ४ सय ६५ जनाले दर्शन गरेका छन .अन्य समयको तुलनामा रामनवमी पर्वमा देशविदेशबाट अत्याधिक दर्शनार्थी आउने गर्छन् ।
असोजदेखि अहिलेसम्मको एकैदिन दर्शन गरेको यो सबैभन्दा ठुलो संख्या भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिनुभयो । उनकाे अनुसार असोज १ देखि आजसम्म १ लाख ४९ हजार ८ सय ९२ जनाले दर्शन गरेका छन् ।
योवर्ष शैक्षिक सत्र जारी रहेकाले तुलनात्मक रुपमा कम तिर्थयात्री आएको माथील्लो फेदी शोटल ब्यवसायी संघका अध्यक्ष इन्द्र नारायण भटटराई वताउनु हुन्छ ।
काफ्लेका अनुसार गत कार्तिक २३ गते ६ हजार चार सय ५७ जनाले दर्शन गरेका थिएभने असोज २३ गते ५ हजार छ सय ८६ जना आएका थिए । कोरोना संक्रमणका कारण बैशाख १७ देखि भदौ ३० सम्म पाथीभरा बन्द गरिएको थियो ।