पाँचथर । सत्ता गठबन्धनमा रहेकाे नेपाली कांग्रेस र माओबादि केन्द्रकाे गठबन्धन रहेकाे मिक्लाजुङमा उपाध्यक्ष पदमा माअाेबादि केन्द्रकि जुनु लावतिले उम्मेद्धारि दर्ता गराएकि छिन् ।
गठबन्धकाे सहमति अनुसार मिक्लाजुङकाे अध्यक्ष पद माओबादि केन्द्रकाे भागमा परे पछि कांग्रेसले उम्मेद्धारि दिएन । तर कांग्रेसकाे भागमा परेकाे उपाध्यक्ष पदमा माअाेबादि केन्द्रकाे तर्फबाट उम्मेद्धारि दर्ता भएकाे छ ।
सहमति अनुसार माअाेबादिले उम्मेद्धारि नदिनु पर्ने हाे । समाचारमा उम्मेद्धारि परेकाे सुन्दा छक्क परेकाे स्थानिय कांग्रेस नेताहरू बताउछन् ।
मिक्लाजुङमा उपप्रमुख पदमा नेपाली कांग्रेसका सन्तकुमार शेर्मा, नेकपा माओबादी केन्द्रबाट जुनुकुमारी लावती,नेकपा एमालेको तर्फबाट धनमाया सारु, जनता समाजबादी पार्टीको तर्फबाट मनमाया आङदेम्बेले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङले जानकारी दिएको छ ।