पाँचथर । स्थानीय तह निर्वाचन २०७९ का लागि पाँचथरमा ९ सय ३ जनाले मनोनयन दर्ता गरेका छन् ।जिल्ला निर्वाचन कार्यालय पाँचथरको अनुसार पाँचथरमा पालिका अध्यक्ष र प्रमुखमा ३७ जना, उपाध्यक्ष र उपप्रमुखमा २७ जनाले मनोनयन गरेको हुन ।
वडा अध्यक्षमा २ सय १५ जनाले मनोनयन गरेकाछन् भने, सदस्यमा ३ सय ४६ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा १५२ जना, दलित महिला सदस्यमा १२६ जनाले मनोनयन गरेका हुन ।
फिदिम नगरपालिकामा प्रमुखमा ६ र उपप्रमुखमा ४ जनाले मनोनयन गरेका छन् । नगरपालिकाको वडा अध्यक्षमा ५६ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ९७ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा ४४ जना र दलित महिला सदस्यमा ३० जना गरि कुल २ सय ३७ जनाले मनोनयन गरेका छन् ।
फाल्गुनन्द गाउँपालिकामा अध्यक्षमा ५ र उपाध्यक्षमा ४ जनाले मनोनयन गरेका छन् । फाल्गुनन्द गाउँपालिकामा वडा अध्यक्षमा २४ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ४८ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा १६ जना र दलित महिला सदस्यमा १८ जना गरि कुल ९९ जनाले मनोनयन गरेका छन् ।
मिक्लाजु गाउँपालिकामा अध्यक्षमा ६ र उपाध्यक्षमा ४ जनाले मनोनयन गरेका छन् । मिक्लाजुङ गाउँपालिकामा वडा अध्यक्षमा ३० जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ४८ जनाले मनोनयन गराएका छन् । महिला सदस्यमा १९ जना र दलित महिला सदस्यमा १८ जना गरि कुल १२५ जनाले मनोनयन गरेका छन् ।
कुम्मायक गाउँपालिकामा अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जनाले मनोनयन गरेका छन् । कुम्मयक गाउँपालिकामा वडा अध्यक्षमा १८ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ३२ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा १३ जना र दलित महिला सदस्यमा ११ जना गरि कुल ८१ जनाले मनोनयन गरेका छन् ।
तुम्बेवा गाउँपालिकामा अध्यक्षमा ३ र उपाध्यक्षमा २ जनाले मनोनयन गरेका छन् । तुम्बेवा गाउँपालिकामा वडा अध्यक्षमा १७ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा २७ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा १० जना र दलित महिला सदस्यमा १० जना गरि कुल ६९ जनाले मनोनयन गरेका छन् ।
हिलिहाङ गाउँपालिकामा अध्यक्षमा ५ र उपाध्यक्षमा २ जनाले मनोनयन गरेका छन् । हिलिहाङ गाउँपालिकामा वडा अध्यक्षमा २२ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ३३ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा १४ जना र दलित महिला सदस्यमा १४ जना गरि कुल ९० जनाले मनोनयन गरेका छन् ।
याङवरक गाउँपालिकामा अध्यक्षमा ३ र उपाध्यक्षमा ४ जनाले मनोनयन गरेका छन् । याङवरक गाउँपालिकामा वडा अध्यक्षमा १८ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ३१ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा १५ जना र दलित महिला सदस्यमा १४ जना गरि कुल ८५ जनाले मनोनयन गरेका छन् ।
फालेलुङ गाउँपालिकामा अध्यक्षमा ५ र उपाध्यक्षमा ४ जनाले मनोनयन गरेका छन् । फालेलुङ गाउँपालिकामा वडा अध्यक्षमा ३० जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ४३ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा २१ जना र दलित महिला सदस्यमा १४ जना गरि कुल ११७ जनाले मनोनयन गरेका छन् ।