जिल्ला अस्पताल पाँचथरमा ६५ र डिपोमा ३० संख्यामा अक्सिजन सिलिन्डर छन्। जिल्ला अस्पतालमा ५० लिटरको सिलिन्डर छ, जुन एउटा बिरामीलाई १० देखि १२ घन्टा चलाउन सकिन्छ । एउटा सिलिन्डर रिफिल भर्न को लागि जिल्ला बाहिर पठाउनु पर्छ। यहि समस्यालाई ध्यान मा राख्दै अक्सिजन व्यबस्थापन गर्न पाँचथर उद्योग बाणिज्य संघले रकम जुटाउन अभियान संचालन गरेको छ।
सिलिन्डर रिफिल गर्न जिल्ला बाहिर पठाउदा र आउदा सम्ममा बिरामिको ज्यानै जान सक्ने अबस्था देखेर अक्सिजन अभावले नै बिरामी को ज्यान जानू हुदैन भन्ने उद्देश्यको साथ अभियान थालिएको पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए। यो अभियान थाल्नु पूर्व प्राबिधिकको राय र परामर्श सहित सुरुवात गरेको हो। सोचेको भन्दा बढी रकम उठ्दै छ । केही दिन अघि शुरुगरेको यो अभियानमा देश विदेश बाट र जिल्ला बाहिर बस्ने साथिहरुको सहयोगले यो अभियान सफल पार्न सकिन्छ भन्ने बिश्वास लिएको नेपाल बताउछन्। सोमबार सम्म ४० लाख जति जुट्ने सहयोगिबाट प्रतिबद्धता आएको छ थप अस्ट्रेलियामा संकलन भएको रकम १० लाख पनि सोमबार सम्म जम्मा हुने उनले बताएका छ्न।
विभिन्न क्षेत्रमा रहेका व्यतिहरुले कोरोनाको बढ्दो प्रकोप बाट जिल्ला बासिलाइ केही राहत दिन सकिन्छ कि भनेर गरिएको यो अभियानमा २० थान अक्सिजन कन्सन्ट्रेटर र ५० थान अक्सिजन सिलिन्डर व्यवस्था गर्ने र आवस्यकता लाई ध्यान दिदै र पुगे सम्म मल्टी पारामिटर प्यासेन्ट मनिटर, हाई फ्लो नेजल क्यानोला समेत उपलब्ध गराउने र थप के हर्ने सल्लाह प्राविधिक सँग हुदै गरेको नेपाल बताउछ्न। उनि भन्छन “अक्सिजन कन्सन्ट्रेटर पाउन निकै मुस्किल रहेछ, रेडि स्टकमा नहुदो रहेछ, खोजीरहेका छौ,मुल्यपनि साविक भन्दा बढी रहेछ,पाईहालेपनि दुई हप्ता लाग्नेछ।”
“अक्सिजन कन्सन्ट्रेटर पाउन निकै मुस्किल रहेछ,
रेडि स्टकमा नहुदो रहेछ, खोजीरहेका छौ,
मुल्यपनि साविक भन्दा बढी रहेछ,पाईहालेपनि दुई हप्ता लाग्नेछ।”
यस अघिपनी पाँचथर उद्योग बाणिज्य संघले २० थान सिलिन्डर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो भने जिल्ला प्रहरिकार्यलय पाँचथरको पहलमा ३७ थान अक्सिजन सिलिन्डर उपलब्ध भएको पाँचथर जिल्ला अस्पतालका फोकल पर्सन डाक्टर सरोज ताम्ली ले जानकारी दिए।
जिल्ला अस्पताल पाँचथर