सरला रेग्मी,
पाँचथर । रमिते डाँडाँबाट फिदिम बजारको दृश्य उपत्यका जस्तै देखिन्छ । फिदिमलाई पूर्वी पहाडको दस नयाँ सहर मध्धेको एक सम्भावना युक्त सहरको रुपमा अघि सारीएको सहर हो । मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर करीडोर जस्ता सडकले सुविधा दिएको यो सहरमा स्थानीय तह निर्वाचनको चहलपहल बढेको छ ।
पाँचथर जिल्लाको ७ गाउँपालिका र १ मात्र फिदिम नगरपालीका हो । १४ वटा वार्डमा फैलिएको फिदिम नगरपालीको धेरै जसो क्षेत्र ग्रामिण भु–भाग रहेको छ । कृषि, पर्यटन, संस्कृतिक सम्भावना भएको यो नगरपालीकामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य जस्ता न्यूनतम आवश्यता मुख्य रहेका छन् । ३४ हजार ६ जना मतादाता रहेको यो नगरपालीकाको अबको नेतृत्वका लागि मेयर पदमा ६ जना उम्मेद्वार रहेका छन् । मुख्य गरि प्रमुख दल मानिएका नेकपा एमालेको राप्रपा संगको सत्ता साझेदारी रहेको छ भने नेपाली काङ्ग्रेसको नेकपा माओवादी, एकीकृत समाज बादी संगको गठबन्धन रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका साहायक निर्वाचन अधिकृत राजन सुवेदीका अनुसार फिदिममा मेयर, उपमेयर, वार्ड अध्यक्ष र सदस्य सहित २ सय १४ जना उम्मेद्वार रहेका छन् । चुनावबाट ७२ जना जनप्रतिनिधि छानिने छ ।
मेयर पदमा नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादीको सत्ता गठबन्धनबाट कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा माओवादीका राधाकृष्ण न्यौपाने प्रतिस्पर्धामा रहेका छन् । यस्तै, नेकपा (एमाले) र राप्रपाको गठबन्धनबाट मेयरमा एमाले पृथ्वी लावती र उपमेयरमा राप्रपाका जगत थापा प्रतिस्पर्धामा छन् ।
यस्तै संघिय लोकतान्त्रीक मञ्च –लिम्बुवान पार्टीबाट मेयरमा देउकुमार नेम्वाङ र उपमेयरमा सुनिता केरुङ, जनता समावादी पार्टीबाट मेयरमा विष्णुकुमार लावती, उपमेयरमा भावना सुब्बा उम्मेद्वार बनेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट मेयरमा सुमन तुम्बापो, मंगोल नेशनल अर्गनाईजेशनका मेयरमा हरिश्चन्द्र नेम्बाङ उम्मेद्वार छन् । यस्तै, उपमेयरमा नेकपा (माले)बाट पुन्यमाया घिमिरे उम्मेद्वार रहेकी छन् ।
मुख्य गरी सत्तारुढ गठबन्धनका उम्मेद्वार काफ्ले र एमाले–राप्रपाका उम्मेद्वार लावती विच प्रतिस्पर्धा हुने आंकलन छ । उपमेयरमा पनि न्यौपाने र थापा बिचकै प्रतिस्पर्धा हुने देखिन्छ ।
सत्तारुढ गठबन्धन अघिल्लो स्थानीय तहको निर्वाचनको मतलाई आधार मानेर विजयी हुनेमा विश्वस्त देखिन्छ । अघिल्लो स्थानीय तहमा काग्रेसले मेयर, उपमेयर सहित नौँ वटा वार्ड अध्यक्ष जितेको थियो । उपनिर्वाचनमा एउटा वार्ड भने एमालेले खोसेको थियो । माओवादीले दुईवटा वार्ड जितेको थियो ।
राप्रपासँग तालमेल गरेको एमाले मतदातालाई आफ्नो पक्षमा पारेर जितको इतिहास बनाउन चाहान्छ । गतको भन्दा आफ्नो मत वृद्धि भएको यो गठबन्धनको दाबि रहेको छ । मुख्य प्रतिस्पर्धिको रुपमा रहेका गठबन्धनका मेयर उम्मेद्वार मित्र प्रसाद काफ्ले र नेकपा सत्ता साझेदारीका मेयर उम्मेद्वार पृथ्वी लावतीसंग केन्जो खबर डटकमले छुट्टाछुट्टै गरेको कुराकानी ः–
भिडियो हेर्नका लागि –