सरला रेग्मी,
पाँचथर । स्थानिय तहको निर्वाचनले देशनै चुनावमय भएको छ । उम्मेदवारहरु आ आफ्नो एजेन्डा बोकेर घरदैलोमा पुगेका छन् । तर पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमानामा रहेको माझी बस्तिमा न चुनावी सगर्मी छ न त यहाँका नागरिकले निर्वाचन आए जस्तो महसुस नै गरेका छन् । न त ५ बर्षमा स्थानिय सरकारको अनुभूति नै गरेका हुन् ।
देश सुबिधा सम्पन्नताको गोरेटोमा फट्को मार्ने एजेण्डा बोकेर नेताहरु भोट माग्दै हिडेपनी बत्तिको मुनि अँध्यारो जस्तो भएको छ माझीबस्ती । ठुला ठुला पुर्वाधार बिकासको योजनाको त के कुरा आधारभुत आवस्यकता पनि यहाँ महसुस गरिने अवस्था छैन । न सुबिधा सम्पन्न बिद्यालय छ न छ स्वास्थ्य चौकी नै, न त खानेपानीको नै राम्रो व्यवस्था छ । माझी बस्तीमा देखिने भनेको माछा थिए त्यो पनि खोलामा करेन्ट लगाउनेले माझी बस्तीको चिनारी नै खोसिएको हो कि जस्तो देखिन्छ । बिहान देखि साझ सम्म कुर्दा कुर्दा जालमा परेका माछाले दिनचर्या गुजार्दै छन् माझीटारका माझीहरु ।
माछा मारेर र डुङ्गा खियाएर जिबन निर्वाह गर्दै गरेका माझीहरुलाई नदिमा माछा पाउन छाडेपछी जीवन निर्वाह गर्न सकस भएको छ । सामान्य होटल चलाएर जीवन निर्वाह गरिरहेकी बिमला माझी भन्छिन – ’नेतासेताको काम छैन न बाटो छ, न छोरछोरिलाइ राम्रोसँग पढाउन नै पाइन्छ उनी भन्छिन ’हामी त भोट हाल्ने मात्र हो ’ । उनले थपिन अस्ति सुगुरको खोर बनाउन पैसा चै १० हजार दिएको थियो तर खोर बनाइदिदा माछा दिदै नै २ हजार जति सक्की नै गयो । उनले थपिन त्यो पछाडी केही सहयोग छैन । भोट माग्न चै आउछन् तर हाम्रो समस्या सुन्ने कोहि आउदैन ।
पाँचथर जिल्लाको एकमात्र नगरपालिकाको सिमाना हो माझीटार, ७ गाउँपालिका मध्धेको ऐतिहासिक पृष्ठभुमि बोकेको हिलिहाङ गाउँपालिकको ७ नम्बर वार्डमा पर्ने माझीटारबासीलाई स्थानिय सरकार भए जस्तो महसुस भएको छैन । करोडौं रकम संरचनामा खर्च गरेको हिलिहाङ गाउँपालिकाले आफै नागरिकको आधारभुत समस्यापनि देखेको छैन ।
माझी बस्तीमा कक्षा ३ सम्म मात्र पढाइ हुन्छ । त्यो भन्दा माथी पढ्नु परे कि त थापाटार कि त फिदिम माबी नै पठाउनु पर्छ । माझीटारका माझीहरुको समस्या एउटा मात्र छैन, न व्यवस्थित बस्ती छ, न त माछा नै पाउँछ । खेती किसानी गरेर खानेको धानबालिमा भुसुना र पहेली लागेर धानबालीलाई नोक्सानी गरेको छ । न त बालबच्चालाई पढाउने सुविधाजनक बिधालय नै छ । न त कृषिका योजना नै बस्ती सम्म पुग्छ । गर्दै गरेको पेसापनी धरासायी बन्दा माझीहरु चिन्तित छन् ।
तामाङ र माझीगरि ५० बस्ती रहेको माझीटारमा नजिकै रहेको सिंहदरवार भएको महसुस गर्न माझिहरुले पटक्कै गर्न सकेका छैनन् । जाल बुन्दै गरेका चन्द्र बहादुर माझी भन्छन’ जस्ले जितेपनी काम छैन, वार्डले केही दिदैन आफ्नु दुख आफैसंग छ ’। उनी भन्छन् – जितेपछी जो जितो त्यो ठूलो हुने मात्र हो बरु खोला तिर गयो माछा ढुक्यो परे खायो नत्र त्यही बारिको मकै खायो, बस्यो ।’
उनी भन्छन् – ‘कोरोना माहामारिको बेलापनी चामल बाडे भन्छन ‘ तर हामिले केही पनि पाएनौ’। माछापनी पहिका पहिला त ३/४ केजि पथ्यो तर अहिले करेन्ट लगाउनेले गर्दा एक पाउ पनि पर्दैन । सितैको पानी आउदै थियो त्यो पनि अहिले पैसा तिरेर खानु पर्छ । जो जितेर गए पनि फर्केर आउने कोहि होइनन् । छोरा नातिको पालामा के होला भन्ने पिर ‘उनलाई छ’ ।
जस बहादुर माझी भन्छन चुनावमा भोट माग्न आउने लाई हाम्रो समस्या राखेका छौ । ‘गर्छौ पनि भन्छन’ तर जिते पछि आउने कोहि होइनन् ।
माझिबस्तिको माग आधारभुत आवस्यकता भन्दा ठूलो केहि छैन । छोरछोरिले पढ्ने बिधालय नजिक होस, माछा पाइन छोड्यो रोजगारिको प्रबन्ध होस् । खानेपानी सर्वसुलभ पाइयोस् जसरी आफुहरुले दुःख भोग्नु पर्यो त्यस्तो दुख छोरानातिले नपाउन भन्ने उनिहरुको चाहाना छ ।
निर्वाचनमा उमेदवार दिनेहरुको एजेण्डा नयाँ नयाँ भएपनी जितेपछी बिकास नगर्ने तरिका पुरानै देखिन्छ । भौतिक संरचना निर्माण, डाँडाँमा भ्युटावर निर्माणमा करोडौं बजेट खर्चेपनी स्थानियको दुख जहाँको त्यहाँ नै देखिन्छ । परिवर्तनका हरेक आयाममा दुख मात्र बेहोरेका माझीबस्तीको लागि रुपान्तरण आवस्यक देखिन्छ । बस्ती र स्थानिय स्तर रुपान्तरणका लागि जितेर जाने जनप्रतिनिथिले आफ्नो स्थानिय प्रतिको जिम्मेवारी के हो थाहापाउन जरुरी देखिएको छ ।