पाँचथर– पाँचथरका १ सय १ मतदान स्थलमा रहेका १ सय ७६ केन्द्रमा मतदानका लागि तयारी भईरहेको छ । बुधवार सर्वपक्षिय बैठक राखि मतदान व्यवस्थीत रुपमा सम्पन्न गर्नका लागि विभिन्न निर्णय समेत भएका छन् ।
हरेक मतदान केन्द्रमा ६८ किसिमका निर्वाचन सामाग्रि प्रयोग हुने भएका छन् । मतपत्र,मतपेटिका स्वस्तीक छाँपदेखि सियोसम्म मतदान केन्द्रमा प्रयोग गरिन्छ ।
यो पल्ट मतदान केन्द्रमा मास्कको समेत प्रयोग गरिने छ । मतदान केन्द्रमा स्वस्तीक छाँप, मतपेटिका, मतपत्र सहितका समाग्रि प्रयोग गरिन्छ । फिर्ता गर्ने र त्यहि प्रयोग गर्ने गरी समाग्रि पठाइएको हुन्छ । मतदान केन्द्रका लागि धागो, सियो, खापसियो, सलाई, मैन बत्ति लगायतका समाग्रि प्रयोग हुने गर्छन् ।
पाँचथरमा ८ सय ७७ कर्मचारी मतदान गराउन खटिएको जिल्ला निर्वाचन अधिकारी कुमार भटराईले जानकारी दिए । मतदान स्थलमा स्वंयमसेवक समेत नियुक्त हुने छन् ।
निर्वाचन सुरक्षाका लागि पाँचथरमा २ हजार १ सय सुरक्षाकर्मी परिचालन गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
मतपेटिका सोहि दिन नगरपालीका तथा गाँउपालीकाको केन्द्रमा रहेका मतदान अधिकृतको कार्यालयमा पु¥याईने छ । मतगणना भने ३१ गते विहानबाट हुने छ ।
आठबटा स्थानीय तहमा ६० वटा वार्ड रहेको पाँचथरमा १ सय १ स्थानमा १ सय ७६ मतदान केन्द्र रहेका छन् । १ लाख ४० हजार २ सय २४ जना मतदाता रहेको जिल्लामा महिला मतदाताको संख्या ६६ हजार ६ सय ४८ रहेको छ ।
हेर्नुस मतदान केन्द्रमा प्रयोग गरिने समाग्रि ः