ताप्लेजुङ। जिल्ला प्रशासन कार्यलय ताप्लेजुङले आजराति (बिहीबार) ८ बजेदेखि भोलि (शुक्रबार) बिहान ४ बजेसम्म घरदेखि बाहिर निस्कन रोक लगाएको छ ।
निर्वाचन सुरक्षालाई ध्यानमा राखि जिल्लाभित्रका सम्पुर्ण क्षेत्रमा यो नियम लागु गर्न आदेश जारी गरिएको छ । अतिआवश्यक कामको लागि बाहिर निस्कन परेमा सुरक्षा निकायलाई पुर्व जानकारी गराई अनुमति लिएर मात्र निस्कन सकिने उल्लेख गरिएको छ । ८ बजेपछि घर बाहिर निस्कनेहरुलाई सुरक्षा निकायबाट कडाइका साथ सुरक्षा जाँच गरिने समेत प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।