तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा गठवन्धन उम्मेदवारलाई हराउदै एमालेले वहुमत सहित विजय हासील गरेको छ । निवर्तमान अध्यक्ष सन्तविर लिम्वु र उपाध्यक्ष तारा खरेल दुवै जना विजयी भएका हुन् ।
लिम्वु ३ हजार ९ सय ९५ मत प्राप्त गरी विजयी भएका हुन् । लिम्वुका प्रतिद्धन्दी सत्ता गठवन्धनको तर्फ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्र वहादुर इम्सङले ३ हजार ३ सय ६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा विजयी खरेलले ३ हजार ७ सय ६२ मत प्राप्त गरेकी छिन् । खरेलका प्रतिद्धन्दी सत्ता गठवन्धनको तर्फ बाट नेपाली कांग्रेसका उम्मेदवार टेकराज लिम्वुले ३ हजार ६ सय २ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पराजीत लिम्वु अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर पराजीत भएका थिए ।
छथर गाउँपालिकामा नेपाली कांग्रेसले माओवादी केन्द्र संग गठवन्धन गरी केन्द्रका जिल्ला इन्चार्ज समेत रहेका इम्सङलाई अध्यक्ष पदमा उम्मेदवारी दिएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा प्रतिष्पर्धा गरेका टेकराज लाई गठवन्धन गरी उपाध्यक्ष पदमा प्रतिष्पर्धा गर्न लगाए पनि कांग्रेस सफल भने हुन सकेन ।
सत्ता गठवन्धनको कडा टक्करका विच पुरानै अध्यक्ष र उपाध्यक्ष छथरमा दोहोरीन सफल भएका छन् ।
एमालेले छथर गाउँपालिकाको १, ३, ४ र ५ नम्बर वडामा विजय हासील गरेको छ भने गठवन्धनको तर्फ वाट कांग्रेस २ र ६ नम्वर वडामा विजयी भएको छ ।