पाँचथर । पाँचथरका स्थानीय तहको प्रमुख उपप्रमुखमा पुराना दुर्ए जनाले मात्र दोहरीने मैका पाए र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम र हिलिहाङ गाउँपालिकाकी उपाध्यक्ष सुमित्रा सेढाइ बाहेका अधिकांश नयाँ अनुहार विजयी भएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा ओनाहाङ नेम्बाङ र उपमेयरमा उर्मिला प्रधान निर्वाचित भएको फिदिम नगरपालिकामा यसपल्ट मेयरमा कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी भएका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्षमा कांग्रेसका सञ्चकुमार केरुङ र उपाध्यक्षमा कांग्रेसकी हिमा अधिकारी विजयी भएको फालेलुङ गाउँपालिका अध्यक्षमा कांग्रेसका विरबिक्रम थाम्सुहाङ र उपाध्यक्षमा माओबादीका महेन्द्रहाङ जबेगु चुनिएका छन् ।
तुम्ेबवा गाउँपालिकामा कांग्रेसबाट निर्वाचित भएका अध्यक्ष होमनाथ थापा र एमालेका बाट चुनिएका उपाध्यक्ष धन साँवाको ठाउँमा अध्यक्षमा कांग्रेसका बाबुराम खड्का र उपाध्यक्षमा माओबादीका खड्क सम्हाम्फे आएका छन् ।
फाल्गुनन्द गाउँपालिकामा उपनिर्वाचन मार्फत एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष विरबहादुर कुरुम्बाङ र उपाध्यक्ष कांग्रेसकी देबित्रा आङदेम्बेको ठाउँमा क्रमशः गठबन्धनबाट कांग्रेसका बृजहाङ आङदेम्बे र उपाध्यक्षमा माओबादीका ठाकुरसिं नेम्बाङ विजयी बनेका छन् । २०७४ सालको निर्वाचनमा याङवरक गाउँपालिकाको अध्यक्षमा एमालेका लेखनाथ न्यौपाने र उपाध्यक्षमा कमला योङहाङ विजयी भएका थिए । यसपल्ट एमालेबाट अध्यक्षमा भिमबहादुर योङया र उपाध्यक्षमा एमालेकी बाबा मेन्याङबोले बाजी मारेका छन् ।
२०७४ सालको निर्वाचनमा हिलिहाङ गाउँपालिकाको अध्यक्षमा एमालेका भवानी लिङदेन र सुमित्रा सेढाक्ष् विजयी भएका थिए । यसपल्ट लिङदेन अध्यक्षमा पराजित हुँदा कांग्रेसका समर बहादुर अधिकारीले बाजी मारे । सुमित्राले चुनाब जित्दै दोहरीने मैका पाइन् । यस्तै, कुम्मायक गाउँपालिका अध्यक्षमा कांग्रेसका बम लावर्ती र उपाध्यक्षमा माओबादीका महेन्द्र खड्का चुनिएका छन् । यस अघि कुम्मायकमा एमालेका जय चेम्जोङ अध्यक्ष र सिता आर्चाय उपाध्यक्ष चुनिएका थिए ।
यस्तै, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम दोहोरिदा उपाध्यक्षमा कांग्रेसका सन्तकुमार शेर्मा आएका छन् । शेर्माले वडाध्यक्षबाट उपाध्यक्षमा फड्को मारेका हुन् ।