काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षा र आकस्मिक बहावको सम्भावना रहेको छ । संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, दोलखा, म्याग्दी, पर्वत र आसपास भएर बहने केही स–साना नदीहरुमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
केही नदीमा आकस्मिक बहाव समेत हुनसक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भएर वहने स–साना नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।