पाँचथर । फालेलुङ गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८० का लागि ४८ करोड ८४ लाख ४६ हजार बजेट सार्वजनिक भएको छ । फालेलुङ गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि आर्थिक बिकास तर्फ कृषि क्षेत्रमा ३५ लाख पशु सेवामा ३५ लाख बजेट बिनियोजन भएको छ ।
कृषिको माध्यमबाट पालिकालाई समृद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रममा कृषि पहिलो प्राथमिकतामा परेको छ । जैतुन खेती बिस्तार, अर्गानिक खेती, च्याउ बीउ बितरण,अकवरे खुर्सानी, मौषमी बीउ बितरण, बाली भण्डारन,, कफि चिया खेती लगाएतका कृषकलाई सहाकारीलाई सहयोग,लगायत चौरी दुग्ध उत्पादनले चिनिएको यस पालिकाका व्यावसायिक उत्पादनलाई जोड दिन र कृषि पेसा मार्फत पालिकाका नागरिकलाई आत्मनिर्भरसहित स्वरोजगार बनाउने भएको छ ।
चिज उत्पादन, पशुमा लाग्ने परजिबी नियन्त्रण कार्यक्रम,कृतृम गर्भधान र ए आइ कन्टेनर खरिदका लागि बजेट बिनियोजन गरेको छ । त्यस्तै सामाजिक बिकास तर्फ शिक्षा क्षेत्रका लागि ३५ लाख र स्वास्थ्य क्षेत्रका लागि ३५ लाख बजेट बिनियोजन गरेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा बिशेषत यो पालिकाको खर्च मसलन्द खर्च र तामिमा सिमित भएको छ ।लक्षित कार्यक्रम तर्फ ३५ लाख बिनियोजन भएको छ । युवा तथा खेलकुद तर्फ १० लाख बिनियोजन भएको छ ।
गाउँपालिकास्तरिय योजना तर्फ ८० लाख, पुर्वधार बिकासको क्षेत्र भवन तर्फ १ करोड ५०लाख, सडक तर्फ १ करोड ४३ लाख, सिचाइ तर्फ १ करोड ६० लाख,अपांग रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको लागि १९ लाख ४३ हजार, बहुपोषण कार्यक्रम तर्फ १० लाख बिनियोजन गरिएको रहेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम प्रवर्धन तर्फ १६ लाख, गरिबसँग कार्यक्रममा २ लाख छुट्याइएको छ ।
१ देखि ८ वार्डमा कहाँ कति बजेट सुचिमा हेर्यौ :-