काठमाडौं । सूचना प्रविधिको व्यापक विकास र विस्तारसँगै मानिसहरूले थुप्रै किसिमका अनलाइन अकाउन्ट खोलेका छन् । तर यस्ता अकाउन्ट सुरक्षाका दृष्टिले निकै कमजोर रहेको पाइएकाे छ ।
साइबर सुरक्षा कम्पनी भैरव टेक्नोलोजी प्रालिले नेपालमा सबैभन्दा बढी प्रयोग गरिने पासवर्ड सार्वजनिक गरेको छ । कम्पनीले हालै प्रकाशित गरेकाे रिपोर्टअनुसार नेपालमा सबैभन्दा बढी प्रयोग भएको पासवर्ड ‘kathmandu’ हो । यी विवरण लिक तथा ब्रिच भएका डेटाबाट सङ्कलन गरिएको हो । अझै पनि शब्द, संख्या, नाम आदि राखेर पासवर्ड सिर्जना गर्ने अभ्यास छ । सुरक्षाका हिसाबले यस्ता पासवर्ड प्रतिकूल हुने विज्ञहरू बताउँछन् ।
भैरव टेक्नोलोजीले ट्वीट गर्दे प्रयोगकर्तालाई युनिक तथा स्ट्रोङ पासवर्ड राख्न सुझाव दिएको छ । रिपाेर्ट अनुसार नेपालमा प्रयोग हुने सर्वाधिक पासवर्ड र सङ्ख्या यसप्रकार छन् ।
क्र.श | पासवर्ड | संख्या |
१. | kathmandu | २९,२८८ |
२. | nepal123 | ९,४८० |
३. | pokhara | ७,१५१ |
४. | nepal | ६,७६५ |
५. | sagarmatha | ३,४८७ |
६. | ktm123 | २,१९६ |
७. | dharan | २,१५८ |
टेकपाना