फिदिम । बैशाख २७ गतेबाट पाँचथरकाे सदरमुकाम फिदिम बजार निशेधाज्ञा छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि लामो निषेधाज्ञाले पनि कोरोेनाको चेनब्रेक गर्न नसके पछि अाजबाट निषेधाज्ञा थप कडाइ गरिएको हो । चाैक चैकमा सुरक्षाकर्मीहरुले चेक गरीरहेका छन् । निषेधाज्ञा अवधि भर स्वास्थ्य क्षेत्र ( औषधि पसल ) बाहेकका सबै क्षेत्र बन्द रहने छन् । यस अघि साताको तिन दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइएकोमा अब बैंक तथा वित्त क्षेत्र पनि बन्द हुने भएका छन्। अत्यावश्यक पसलहरु पनि साताको तिन दिन बिहान ५ बजेबाट ९ बजे सम्म्म खुला रहदै आएकोमा अब यो क्षेत्र पनि एक एक सात बन्द गर्ने निणर्य गरिएको छ । खाद्यान्न ढुवानी पनि
रोकिने निणर्य भएको छ । इन्टरनेट प्रदान गर्ने गाडि बन्दहरु पनि बन्द गरिने भएको छ ।
फाेटाेमा हेर्नुस फिदिम बजार