पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका—५ का एक युवाको पहिचान नखुलेको जीवको टोकाईबाट मृत्यु भएको छ । कुम्मायक—५ भुल्के घर भएका ४२ वर्षका हरी चन्द्र निरौलाकाे मृत्यु भएकाे हाे ।
निराैला संखुवासभाको भोटखोला गाउँपालिका—४ को अपर अरुण जलविधुत आयोजनामा ज्यालादारीको रुपमा काम गर्दै आएका थिए । नाम नखुलेको जीवको टोकाईका कारण पाँच दिनदेखि विरामी परेका उनको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
निरौला पहिचान नखुलेको जिवको टोकाइबाट बिरामी परेका थिए । भौगोलिक बिकटताको कारणले समयमै उपचार हुन नसक्दा उनको मृत्य भएको बताइएको छ । निरौलाका श्रीमती एक छोरा र एक छोरी गरी तीन जनाको परिवार हरेको छ ।