काठमाडौं । हामीले खरिद गरेका प्रायः हरेक डिभाइसको आफ्नै चार्जर हुने गर्छ । डिभाइस खरिद गर्दा चार्जर त्यसैमा आउने भए पनि कतिपय अवस्थामा अरूको चार्जर प्रयोग गर्नुपर्ने हुनसक्छ । त्यस्तै हाम्रो चार्जर पनि अरूले प्रयोग गरिरहेका हुन्छन् ।
कुनै कारणवश डिभाइसको चार्जर बिग्रियो या हरायो भने हामी नयाँ खरिद गर्न जान्छौँ । ओरजिनल चार्जरको मूल्य तुलनात्मक हिसाबले महँगो पर्ने हुँदा हामी डप्लिकेट वा भनौँ सस्तो चार्जर खरिद गर्छौं ।
यसरी फोनको ओरजिनल चार्जरबाहेक अन्य चार्जरले फोन चार्ज गर्दा के-के समस्या आउँछ होला ? त्यसको विकल्पमा के गर्न सकिन्छ ? आज हामी यसै विषयमा जानकारी दिँदै छौँ ।
पछिल्लो समय भारतमा पनि टाइप-सी चार्ज अनिवार्य गर्नेबारे विषय उठेको थियो । विभिन्न प्रकारका चार्जरहरू तल उल्लेख गरिएको छ ।
ल्यापटप चार्ज
हरेक ल्यापटपका लागि एकैनासको चार्जर हुँदैन ।
कम्पनी अनुसार विभिन्न भर्सनका ल्यापटपमा फरक-फरक चार्जर लाग्छ । त्यसैले पनि तपाईंले ल्यापटपमा गलत चार्जर प्रयोग गर्नुहुन्छ भन्ने कुरा उठ्दैन ।
अहिलेको अवस्थामा जुन चार्जर तपाईंको ल्यापटपको पोर्टले सपोर्ट गर्छ त्यही उपयुक्त हुन्छ भन्न सकिन्छ ।
एप्पलको लाइटनिङ कनेक्टर
एप्पलले आफ्ना मोबाइल डिभाइसका लागि सन् २०१२ मा लाइटनिङ कनेक्टर सार्वजनिक गरेको थियो । त्यसपछि आउने हरेक आईफोनमा लाइटनिङ पोर्ट नै सपोर्ट हुन्छ ।
तपाईंले आफ्नो आईफोनमा एप्पलले विकास गरेका वा एप्पलले प्रमाणित गरेका चार्जर प्रयोग गर्न सक्नुहुन्छ ।
माइक्रो यूएसबी चार्जर
टाइप-सी पोर्ट आउनुअघि माइक्रो यूएसबी चार्जरलाई स्ट्यान्डर्ड चार्जर मान्ने गरिन्थ्यो । पछि त्यसलाई मिनी यूएसबी कनेक्टरले विस्थापित गर्यो ।
यूएसबी टाइप-सी
अहिले सर्वाधिक रुचाइएको र प्रयोग भएको चार्जर हो यूएसबी टाइप-सी पोर्ट । यसलाई उल्टो वा सुल्टो दुवै तरिकाले प्रयोग गर्न सकिने भएकाले उपयोगी छ ।
पछिल्लो समय आएका विभिन्न डिभाइसमा यूएसबी टाइप-सी पोर्ट उपयोगी हुने गरेको छ ।
पहिले र अहिलेका चार्जरबारे जानकारी
चार्जरको अनुकूलता थाहा पाउन सबैभन्दा पहिले चार्जरले कसरी काम गर्छ भन्ने कुरा जान्न आवश्यक छ ।
पहिलेका दिनहरूमा चार्जर विशेषगरी दुई प्रकारका हुने गर्थे । एउटा ५ भोल्ट/१ एम्पियर र अर्को ५ भोल्ट/२.१ एम्पियर ।
सानो चार्जर स्मार्टफोनका लागि प्रयोग गरिन्थ्यो भने ठूला चार्जर ट्याब्लेटका लागि प्रयोग हुने गर्थ्यो ।
त्यसबेलाका फोन चार्जरहरू फोनमा मात्र प्रयोग गर्न सकिन्थ्यो भने ट्याब्लेटका चार्जर ट्याब्लेटमा मात्र प्रयोग गर्न सकिन्थ्यो ।
सबै माइक्रो यूएसबी चार्जर ५ भोल्टको हुने भएकाले चार्जर बढी भोल्टेजको हुन्छ कि भन्ने कुरालाई लिएर डराउनुपर्ने अवस्था थिएन ।
तर, अहिले थुप्रै कुरा जटिल हुँदै गएका छन् । फोन परिस्कृत भएसँगै चार्जर पनि दिनानुदिन परिस्कृत हुँदै गएका छन् । चार्जरको नयाँ प्रविधि क्वालकमको फास्ट चार्जर फर्म्याट यूएसबी टाइप-सी आइसकेको छ ।
यसले गर्दा फोन वा डिभाइस पहिलेभन्दा छिटो चार्ज हुन्छ । यदि चार्जको भोल्टेज, त्यसको क्षमता हेर्नु छ भने तपाईंले चार्जको एडाप्टरमा थप विवरण हेर्न सक्नुहुन्छ ।
के कुनै पनि चार्जरले अन्य कुनै डिभाइस चार्ज गर्न सकिन्छ त ?
यसका लागि परिणाम फरक-फरक हुने गर्छन् । यो डिभाइसअनुसार फरक पर्ने गर्छ ।
उदाहरणका लागि मानौँ तपाईंले आफ्नो नयाँ स्मार्टफोनमा ५ भोल्ट/१ एम्पियरको चार्जर प्रयोग गर्नुभयो । अब तपाईंको डिभाइस तुलनात्मक हिसाबले पहिलेभन्दा सुस्त चार्ज हुन थाल्छ ।
अहिले प्रायः फोनले फास्ट चार्जर सपोर्ट गर्ने हुँदा साधारण चार्जरले फोन चार्ज गर्दा विस्तारै चार्ज हुन्छ ।
यसको सहज उत्तर हो, फोनमा त्यसको ओरिजिनल चार्जरबाहेक अन्य चार्जर पनि प्रयोग गर्न सकिन्छ ।
तर, त्यो चार्जर तपाईंको स्मार्टफोनको ब्याट्रीका लागि उपयुक्त हुनुपर्छ । यदि चार्जर ब्याट्रीका लागि उपयुक्त भएन भने केही समस्या सामना गर्नुपर्ने हुन्छ ।
चार्जिङको समय र ब्याट्रीको रेट मापन गर्नका लागि दुई ओटा तत्त्वले निर्धारण गर्छ । एउटा हो भोल्टेज र अर्को हो करेन्ट । यी दुई तत्व चार्जरले दिन्छ (आउटपुट) भने ब्याट्रीले (इनपुट) लिने गर्छ ।
भोल्टेज र करेन्टको रेटिङ ब्याट्रीको आवश्यकता अनुसार मिलेको हुनुपर्दछ । यो आवश्यकता विशेषगरी फोनसँगै आएको चार्जरले पूरा गर्नसक्छ ।
ब्याट्रीलाई विशेषगरी भोल्टेजले प्रभाव पारेको हुन्छ ।
भोल्टेज कहिल्यै पनि ब्याट्रीको आवश्यकताभन्दा कम हुनु हुँदैन । चार्जरमा त्यस्तो क्षमता हुनुपर्छ जसले ब्याट्रीलाई आवश्यक पर्ने स्तरमा भोल्टेज प्रवाह गर्नसक्छ ।
यदि चार्जरबाट पठाउने भोल्टेज ब्याट्रीको क्षमताभन्दा अधिक भयो भने त्यसले फोनलाई असर गर्छ ।
यदि तपाईंले प्रयोग गर्ने चार्जर तपाईंको ब्याट्रीको क्षमता असारको भोल्टेज प्रवाह गर्छ भने त्यसलाई निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ ।
चार्जरका प्रकारहरू
डिभाइसअनुसार त्यसको चार्जर पनि फरक-फरक हुने गर्छ । केही संस्थाले चार्जरमा एकरूपता ल्याउन विश्वभर टाइप-सी चार्जर प्रयोगमा ल्याउने नीति बनाइरहेका छन् ।

टेकपाना