पाँचथर– पाँचथरको महत्पूर्ण पर्यटकिय गन्तव्य लब्रेकुटिमा पर्यटकिय पूर्वाधारको विकास गरिने भएको छ । यो क्षेत्रको विकासका बनाईएको पर्यटन गुरु योजना अन्तर्गत रहेर पूर्वाधार निर्माणको काम अघि बढाईन लागेको हो ।
यहाँ महागुरु फाल्गुनन्द धार्मिक पार्क निर्माणका लागि ठेक्का लागेको छ । उक्त कामको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यस गरेका छन् ।
प्रदेश सरकारको पर्यटन विकास आयोजना अन्तर्गत रहेर यो काम अघि बढाईएको हो । १३ करोड ७ लाख ३२ हजार रुपैँयाको लागतमा पूर्वाधारण निर्माणको काम अघि बढाइएको हो । उक्त कामका लागि रसुवा–आशिष–स्वामीनारायण जेवीले ठेक्का पारेको छ ।
शिलान्यस समारोहमा बोल्दैँ मन्त्री आङबोले लब्रेकुटि क्षेत्रको पर्यटन विकासमा जोड दिइएको बताए । ‘लब्रेकुटि–सिलौटि
क्षेत्रको विकास गरि पर्यटक आगमनको महत्पूर्ण गन्तव्य बनाउने हाम्रो प्रयास रहेको छ’ आङ्बोले भने ‘धार्मिक महत्व, प्राकृतिक सुन्दरताले यो क्षेत्र महत्पूर्ण छ ।’
महागुरु फाल्गुनन्दको तपोभुमि भएकाले लब्रेकुटि महत्पूर्ण मानिन्छ । यहाँ फाल्गुनन्दले समाज सुधारका लागि सत्यधर्म मुजुल्का समेत गरेका थिए । बर्षेनी पुँजापाठ हुने तथा धार्मिक अनुष्ठान सञ्चालन हुने यो ठाँउमा देशविदेशबाट पर्यटक आउने गर्छन् ।
पवित्र स्थल लब्रेकुटिको विकासका लागि सबै मिलेर काम गर्ने फिदिम नगरपालीकाका मेयर मित्र प्रसाद काफ्लले बताए ।