सरला रेग्मी
कन्याम । इलाम चुलाचुलिकी रन्जना मगर आफ्ना श्रीमानसँग स्काइ वाक चढ्न कन्याम आएकी हुन् । उनलाई निकै डर लागेको र भुइमा हेर्नै नसकेको उनको अनुभव छ । उनीसँगै आएका उनका श्रीमान सिसा माथी उभिदा निकै उत्साहित थिए। पोज पोजले फोटो खिच्दै थिए त, हात फिजाएर मजा लिइरहेका देखिन्थे ।
इलामको कन्याममा १५ जना महिलाहरुको लगानिमा स्काइ वाक (आकासे हिडाइ) शुरुभएको छ । वन्डर्स नेपालको ५ करोडको लगानिमा शुरुभएको उत्त परियोजनको संयोजन १५ जना महिलाले गरिरहेको लगानिकर्ता रिता भुसालले केन्जो खबरलाई बताएकी छन् ।
कन्यामको सुन्दरतासँगै साहसिक खेल खेल्न रुचाउने पर्यटकको चाहाना अनुरुप उत्त स्काइ वाक संचालन गरेको भुषालले बताएकी हुन् । साहसिक मानिने सिसा हिडाइको अनुभव गराउने र थप दुईवटा साहसिक स्विङ (पिङ) र बच्चाहरुको लागि रक क्लाइमपनी उत्त परियोजनामा रहेको भुषालले बताएकी छन् । उनले भनिन्, स्काइ वाक, स्विङ र रक क्लाइमको छेउमा टिकटक प्रेमिहरुको लागि एउटा टिकटक स्थलपनी बनाउने योजना रहेको बताएकि छन् ।
प्रदेशलगानी बोर्ड, केन्द्रिय सरकार र वन्डर्स नेपालको लगानिमा भेडेटारमा पनि स्काइ वाक संचालन गर्न लागिएको पर्यटनकर्मी सुनिल भुषालले जानकारी दिए । नयाँ नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा थुपै स्थानमा वन्डर्स नेपालले आफ्ना परियोजना अघि सारेको हो । पुर्वी नेपालमा पहिलोपटक स्काइ वाक सुरू गर्नका लागि महिलाहरुको लगानि समेत यस परियोजनाले समेटने लक्ष्य लिए अनुरुप महिलाहरूलाई पनि समाबेश गरेको उनले बताएका छन् ।
सधै श्रीमानको ब्याक फोर्सको रुपमा साथमा उभिएका हामी कति घरबसेर ब्याक फोर्स मात्र बन्ने अब आफ्नै लगानी र नामको लागि शुरु गर्ने योजना बनाए अनुरुप अघि बढेको बताएकी छन् । काठमाडौं एवं इलामका १५ जना मिलेर उत्त परियोजना शुरुगरेको लगानिकर्ता रिता भुषालले जानकरी दिएकी छन् ।
उनले भनिन्- यो स्काइ टावर ३ स्टेपमा बनेको छ । दुई वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । उत्त सिसा निकै सुरक्षित हुने भुषालले बताएकी छन् । करिब ७० फिटको उचाइमा सिसा माथी उभिँदा आकाशमै उभिएजस्तो महसुस हुने छ ।
उनले भनिन्- “टावरबाट पूर्वी नेपालका बिभिन्न जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, थुम्किला डाँडा, कंचनजंघा हिमश्रङ्खला, छिमेकी भारतको दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य देखियोस भनेरै यस स्थल बनाउने निर्णय गरेको हो” ।
पहिलो चरणको काम सकिए सङै दोस्रो चरणमा अन्य बाकी रहेका स्विङ, रक क्लाइम रेष्टुरेन्ट पनि तयार हुने भुषालले बताइन् ।
स्काइ वाक गर्ने पर्यटकले ५०० रुपैयाँको टिकट लिनुपर्ने छ । उत्त पैसा तिरेपछि क्यामरा र ड्रोन प्रयोग गर्न पाइने बताइन् ।