पाँचथर- पाँचथर– १५ बर्षपछि गर्न लागिएको फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशन उद्घाटन सत्रभएपछि स्थगित भएको छ । गणपुरक संख्या नपुगेको भन्दै बन्दसत्र स्थगित भएको हो ।
सदस्यहरुको गणपुरक संख्या नपुगेको भन्दै उद्घाटन सत्रनै नगर्न खोजिपनि चर्को दबाब परेपछि गरिएको थियो । धारा जडान गरिएका सबै सदस्यको रुपमा रहेका छन् । २ हजार ४ सय ९२ सदस्य रहेको बताईएको छ ।
२०६२÷०६३ सालको जनआन्दोलन पछाडी सर्वदलिय आधारमा तदर्थ समिति बनाईएको थियो । तदर्थ समिति बनेपछि अधिवेशननै नगरी १५ बर्ष वितेको थियो । ४ बर्षमा अधिवेशन गर्ने विधानको व्यवस्था रहेको छ ।
विधान अनुसार गणपुरक संख्या नपुगेकाले १५ दिनपछिलाई अधिवेशन सारीएको उपभोक्ता समितिका अध्यक्ष गजाधर भटराईले जानकारी दिए । उनका अनुसार १५ दिनपछि २५ प्रतिशत सदस्यहरुको उपस्थीतिमा अधिवेशन हुने व्यवस्था रहेको छ ।
लामो समयदेखि अधिवेशन नभएको भन्दै आलोचना हुने गरेको थियो । के कती आर्थिक कारोबार हुन्छ लगायतका विषयहरु उपभोक्ताले जानकारी पाउन सकिरहेका छैनन् । अब प्रक्रिया सुरु भएकाले अधिवेशन होला भन्ने आश बढेको पाईन्छ ।
यहि समितिमार्फ्त फिदिम साना सहरी विकासको खानेपानी आयोजना निर्माण भई सञ्चालन भएको छ । आयोजना बनाउदा नगरविकास कोषबाट लिईएको ऋण तिर्नै बाँकि रहेको छ । स्थानीय तह जमानी बसेको ऋणले पनि समस्यापार्ने देखिएको फिदिम नगरपालीकाका मेयर मित्रप्रसाद काफ्ले बताउँछन् ।
साधारण सभामा बोल्दै काफ्लले भने ‘हामी निर्वाचित भएसँगै अधिवेशन गर्नका लागि प्रयास गरिरहेका थियौँ । ऋण कसरी तिर्ने भन्ने विषय निक्कै महत्वपूर्ण रहेको छ ।’
कोषको ५४ करोड ५८ लाख ऋण रहेको छ ।