सरला रेग्मी,सुनसरी
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको बताएको थियो ।
पुर्व संचारकर्मि समेत रहिसकेका रबि लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि उनको मन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वतः खारेज भएपछी गृहमन्त्री पदबाट राजिनामा दिएका थिए ।
लामिछानेले राजिनामा पछि माघ २२ गते पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा पत्रकारिता र संचारकर्मी प्रतिको उनको प्रस्तुती र अभिव्यक्तिले यतिबेला सामाजिक संजाल तातेको छ । लामिछानेले मिडिया हाउसलाई बार्ह भाईको संज्ञा दिएका छन् भने जनता जान्न चाहान्छनका प्रस्तोतालाई ‘जोकरको उपनाम’ दिएका छन् ।
सामाजिक संजाल फेसबुकमा त्रिभुवन विश्वविद्यालय महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभागका प्राध्यापक तथा प्रमुख डा. चन्द्र तिम्सिना लेख्छन–्
रविजी,
तपाईंले आफ्नो जीवनमा रोजेका दुवै क्षेत्र बिग्रिएकै छन् त ? संचारमा रहँदा राजनीति खराब देख्नुभो, अनि राजनीतिमा आएपछि संचार। छन् भने, अब के गर्नुहुन्छ ? कुनचाहिँ रोज्नु हुन्छ ? कुन क्षेत्रचाँहि सच्याउनु हुन्छ ? कसरी ? अरुलाई गाली गर्नुभन्दा आगामी रणनीति बनाए राम्रो होला कि ? शक्ति संचय गरे राम्रो होला कि ?
एपिवानकी टेलिभिजनकी संचारकर्मी समा थापाले ट्विट गरेकी छिन् –
म पत्रकार हुँ यसमा मलाई गर्व छ,सारा पत्रकारको ठेक्का लिन सक्दिन तर पत्रकारिता भनेको तुच्छ काम हो भनेर दिईएको अभिव्यक्तिप्रति आपत्ति छ।सारा मिडियाबिरुद्ध खनिदा र व्यक्तिगत तहमैओर्लदा समेत त्यो कार्यक्रम प्रतक्ष्य प्रसारण गर्ने व्यवसायिकता अरुले देखाउन सक्छन्?
त्यस्तै साहित्यकार खगेन्द्र संग्रौला ट्विट गर्छन् –
रवि सरको गृहलिप्साका भयङ्कर समर्थक खप्रओको धम्कीसामु प्रम पुकदा घ्याच्च घुँडा टेक्न लाग्या हुन्?कठै यिनका अभागी घुँडाको बिजोक!
रबिको उत्त भडासप्रती आम नागरिकको पनि उत्तिकै चासो र चिन्ता देखिन्छ ।सर्मिला आचार्य ट्विट गर्छिन्
उनी जस्तो सफल र सक्षम कोही छ?
नागरिकता ः– २
पासपोर्ट ः – २
अपार्टमेन्ट ः– २
घर ः–२
श्रीमती ः– हिसाब राख्न मुस्किल
गर्लफ्रेन्डः– भन्न मिलेन
४÷५ वर्ष जागिर गरेर कसैले यति धेरै प्रगति गर्न सक्छ?
लाग युवा लाग उनलाई रोलमोडल बनाएर उनैको पथमा लाग!
त्यस्तै संचारकर्मी भूषण दाहाल ट्विट गर्छन्-
रवीका भक्तसेना÷श्रापसेना दुबैले छातीमा हात राखेर सोचुन, विदेशि नागरिकता हासिल गरिसकेका तर आफ्नो नेपाली नागरिकतालाई गुपचुप किर्ते प्रयोग गर्ने अरु कोहि आफन्त चिन्नु हुन्न र?
हजारौं छन्। ति पनि यहि कसिमा ढिलोचाँडो घोटिनै पर्छ, देश हेपाईको यो क्रम न अहिले शुरु भएको हो न सकिन्छ नै।
त्यस्तै रबि को समर्थनमा पुर्व सुचना तथा संञ्चारमन्त्री गोकुल बाँस्कोटा लेख्छन् –
रविले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो । प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो ।
त्यस्तै पुष्पराज पुरुष ट्विट गर्छन्-
मलाई चै जस्ले जे भनोस् आजको (हाम्रो रवि) रवि लामीछानेको पत्रकार सम्मेलन दमदार लाग्यो ।
कुनै दिन मेरो पनि यस्तै धेरै प्रमाण सहित पत्रकार सम्मेलन हुने नै छ।
रबिका समर्थनहरुले कैलालीमा कान्तिपुर पत्रीका माघ २३ गते जलाएका थिए। रवि लामिछानेले नेपाली सञ्चारगृह र सञ्चारकर्मीमाथि गरेको टिप्पणीप्रति पत्रकारका विभिन्न संघसंगठनले आपत्ति समेत जनाएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारका पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने महासंघले जनाएको छ। रास्वपाका अध्यक्ष लामिछाने पत्रकारप्रति धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय भएको महासंघको बिज्ञप्तिमा उल्लेख छ।
‘पूर्वसञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बदनाम गर्नेगरी दिएको अभिव्यक्ति खेदजन्य छ,’ नेपाल प्रेस युनियनले विज्ञप्तिमा लेखेको छ,।
सामाजिक संजाल, फेसबुक,इन्ट्रा, ट्विटर र टिकटकमा समेत रविको समर्थन तथा बिरोधको चर्चा परिचर्चा चुलिएको छ ।