याद कस्ता कस्ता हुन्छन ? मिठो या नमीठो?
उस्को याद निकै बेस्वादिलो छ अचेल । तर के गर्नु याद आएपछी बेस्वादिलो भनेर हुन्छ र?
पहिलो पटक मैले उसलाई फेसबुकमा देखेको थिए । त्यो पनि ‘डु यु पिपुल नो’ मा, उस्को प्रोफाइल फोटोको एउटा अन्दाज थियो,बायाँ फर्किएको,खै अचेल तेस्ता तस्बिर नर्मल लाग्छ, तर त्यो बेला उस्को त्यो फोटो नर्मल लागेन । यो पनि एउटा नमीठो याद नै हो।
एकै स्थानमा कार्यक्षेत्र भएका कारण सम्पर्क चिनजान नहुने त कुरै भएन । मिठो मुस्कान,अत्याधिक आदर, हरेक भेटमा उस्को आँखाले पल पल केही भनिरहेको हुन्थ्यो ।
बिहानै मेसेज आयो ह्याप्पी बर्थ डे मिस………..
त्यहीँ आँखाले कुरा गर्ने केटो रहेछ,
उस्को र मेरो साथी नभै कुराकानी शुरुभयो ।
खै के थियो उसँग, उसका शब्दले बेस्सरी छुन्थ्याें, बिस्तारै बिस्तारै हामी नजिक हुँदै थियौ ।
हामी राती अबेर सम्म कुरा गथ्र्याे, अहिले सम्झिदा के कुरा हुन्थ्यो याद छैन,तर कुरा चै हुन्थ्यो।
प्रेम प्रस्ताब उसले गरेन, मैले पनि गरिन,आइ लव यु पनि भनेको याद छैन,तर प्रेम चै थियो। अरुको प्रेम कस्तो हुन्छ थाहा थिएन, उस्ले गर्ने इज्जत मिठो थियो, प्रेम जस्तै
एकदिन कफि खाने योजना बुनौ, सम्भवत यो पहिलो आधिकारिक भेट थियो ।
साधरण सर्ट्मा निलो जिन्स पेन्टमा आएको थियो, मलाई भेट्दा उस्को आँखा र ओठ एकै पटक मुस्कुराएको थियों ।
हामी अन्जान जस्तै भेटेका थियौं, छेउछाउमा बस्नेलाई लाग्दो हो, यहाँ अन्तर्वार्ता चल्दै छ । उस्ले खासै सोधेन,मात्र कफिको कुरा भयो, उ यो ठाँउमा पाहुना थियो, ठाउँ घुमाउन लैजाने कुरा भयो ।
मेरो खुलेको कपालको प्रसन्सा उस्ले गरेन,न त म लजाएको उस्ले हेक्का नै पायो होला । कतै हात ले छुइएला कि झै डराउदै थियो,आँखाले देख्लाकी जस्तो गरि हेर्दै थियो, हामी बिच खासै गफ चै भएन तर मौनताले कति बोले थाहाभएन, संनाटा बात मारिरहेको थियो । त्यो मौनता उस्लाइ याद होला कि नहोला? त्यो मौनताको नमीठो याद अझै याद छ मलाई,
उ भन्थ्यो,तिमिलाई पूरा पाउने इच्छा छ माया,आधा त अधुरो हुन्छ नि, कयौं पटक मेरा गाउँका डाँडा पाखा घुमाउदा ऊ भन्ने गथ्र्याे।
१७ महिनाको बसाई उस्को सक्किदै थियो । हामी बिच,औपचारिकता घट्दै थियो,आत्मियता बढ्दै थियो । फोनमा कुरा गर्न लत बसेको थियो, च्याट, हरेक सेकेन्ड हुन्थ्यो । आफ्ना आफन्त, कोहि बाँकी थिएनन् चिन्न, म जस्तै बुहारी उस्को घरमा अनि उ जस्तै ज्वाइँ मेरो घरमा आँउन मात्र बाँकी थियो।
उ सरुवा भएर काठमाडांै गयो । हामी बिच भौतिक दुरि बढ्यो,तर हरेकपल हामीसँगै भएको महसुस हुन थाल्यो । बिस्तारै बिस्तारै प्रेम यसरी हुँदै गयो कि । ऊ बिना हरेक पल इन्द्रेणीले छोडेको आकास जस्तै फिका लाग्दै गयो ।
म डिग्री पढ्न काठमाडांै जाने भए,पढ्न त के उस्को नजिक हुन जान चाहे, हामी अझै नजिक भएका थियौं । उ म बिना बाच्न नसक्ने भएको थियो,अझ उस्को इच्छा त उ काठमाडौ जादै मलाई लैजाने थियो। तर म त्यसरी उस्को दुलही बनेर जाने चाहना मलाइ थिएन ।
पहिलो पटक केही महसुस गरेको थिए। मायाको त्यो अनुभूति गरेको थिए, जुन सबैले महसुस गर्दैन । माया त्यो भावना रहेछ जसमा मन हराउन चाहदो रहेछ । म उसँग हराउन चाहन्थे। उस्ले भने जस्तै म उस्को आधा होइन पुर्ण हुन चाहान्थें ।
भनिन्छ, सबैजना कुनै न कुनै बेला प्रेममा पर्छन्, हो म ठ्याकै यहीँ बेला प्रेम भन्ने फुलमा सुगन्ध झर्दै थिए।
पहिलो माया त्यो हो जसले सबैको जीवनमा नयाँ अनुभूति ल्याउँछ,पहिलो प्रेम जीवनको सबैभन्दा सुन्दर पल हो। तर पहिलो प्रेमलाई अन्तिम प्रेमको रूपमा पाउने भाग्यमानी कमै मात्र हुन्छन् । मलाइ लाग्थ्यो म त्यो भाग्यमानी बन्दै छु । उस्को घर उस्का परिवारको बिस्तारी म रोजाइ बन्दै गए,उस्का हरेक घरका कार्यक्रम म बिना पुर्ण हुन छोडे, हामी यति नजिक भयौ कि, अब नजिक हुन सिन्दुर हालेर सामाजिक रित निभाउन मात्र बाँकी थियो ।
उ रिसर्चको लागि केही समय इन्डियाको देहरादुन जाने भयो। उ जान गार्हो मान्दै थियो, मैले नै सम्झाए हाम्रो भविस्य राम्रो हुन्छ, तिमी जौं ।
सबै हेर्दा सुन्दर थियो, हरेक दिन,हरेक समय हामी एक अर्काको बारे जानकारी दिने गर्थियौ । उ नहुँदा म उस्कै घरमा बस्न थालेको थिए, जब उ इन्डियाबाट आउँछ तब बिवाह गरिदिने घरमा हल्ला चल्दै थियो । उस्को सिन्दुरले रङिने सपना बुन्दै थिए । डोलि चढी आँउने घर सम्हाल्दंै थिए । उ रिसर्चको लागि जङल भिजिट १५ दिनको लागि ईन्टरनेट भन्दा बाहिर जानू पर्ने भयो । हामी बिचको आत्मियता यति नजिक थियो कि यो दुरिले हामिलाइ अझै प्रेमिल बनाउनेमा हामी ढुक्क थियौं ।
नेट्वर्क मिल्नासाथ फोन गर्ने र मलाई सम्झिएको भन्थ्यो । प्रेम प्रगाढ हुँदै थियो,उस्को आवाज सुन्न बेचैन हुँदै थियो, अब केही दिनमा उ आँउने छ,अनि हामी पुर्ण हुँदै थियौ।
१५ दिन पछिका हप्ताहरु त्यति सुखद बितेनन, अर्को १५ दिन बित्यो उस्को मेसेज आएन । मैले उसलाई मेसेज गरे तर उसले हेरेर केही जवाफ दिएन, जुन निकै असामान्य थियो। मैले फेरि प्रयास गरे, तर सफल भईन। पूरा दिन बित्यो, महिना बित्यो तर उस्ले फोन वा टेक्स्ट मार्फत मसँग सम्पर्कमा आएन । परिवारका सदस्यले उ ठिक छ भन्नू बाहेक मलाई कुनै खवर आएन । अचानक यो स्थिती मेरो लागि त्यति सामान्य भएन ।मेरो घरबाट बुवा बिरामिको खवर आयो म घर जानू पर्ने भयो । उसको आमाको अङमाल निकै करुणादायी थियो । केही छुटेको आवास थियो, घर पुग्दा बुवा सामान्य हुनुहुन्थ्यो।
इन्डियाबाट सतिसले बुवालाइ फोन गरेको थियो रे,मधुलाइ घर बोलाउनु भनेर, म त झन छाँगोबाट खसे जस्तै भए । मलाइ बिस्वास भएन,पटक पटक फोन गरे उस्ले उठाएन । मेसेज गरे रिप्लाइ गरेन,
हारी सकेको थिए,उस्को इग्नोर बाट, अन्तिम प्रस्न सोध्न मन लाग्यो,……………..
आखिर मेरो गल्ती कहाँ भयो ?
यत्ती थाहापाउ तिम्रो जिवनबाट सधैको लागि बिदा हुन्छु ।
यो मेसेजको रिप्लाई आँउने छाटकाट देखियो,मेसेजको माथी टाइपिङ लेखिएकी थियो,धेरै बेर प्रतीक्षा गरे मेसेज आएन,
अन्ततः मेसेज आयो उस्ले लेखेको थियो।
जति माया दियौ,त्यो सायद पुर्ण थियो, तिमिलाइ थाहापाउने हक छ,तर यो मेसेज पढेपछि फेरि प्रस्न गर्दिनौ बिश्वास छ , हामी नेपालबाट रिसर्चको लागि ६ जना आएका थियौ,जसमध्धे केटि दुईजना थिए । एकजना मेरो निकै नजिककी साथी थिइन, परिवार देखि टाढा र तिमी बाट टाढा हुँदा उसँग सामिप्यता बढ्दै गयो, यसरी नजिक होला सोचिन,
उ रोकियो केहीबेर , फेरी मेसेजको माथी टाईपिङ् देखायो, मसँग पर्खिनु देखि अर्को बिकल्प थिएन्।
उसले लेख्यो………..
‘नाउ सि इज प्रेग्नेन्ट’ म उसलाई यस्तो अवस्थामा धोका दिन सकिन, तिमि र उ मध्धे एकलाई साथ दिनुपर्ने भयो, तिम्रो लागि धोकेवाज हुन तयार भए म, मलाइ माफ गरिदेउ । तिमिले सम्हाल आफुलाई………….
उस्ले कति सजिलै भन्यो माफगरिदेउ? आफुलाई सम्हाल,….
माफ कसरी गरौ, कसरी सम्हालु आफुलाइ ?
भाग्यमा जे थियो त्यो पाए,मात्र सहन गार्हो भयो ।
सपनिको संसारमा मेरो बनेको मान्छे,बिहानिमा झस्किए जस्तो भयो,
हाम्रो प्रेमको दुरि त्यति टाढा थिएन तर बिचबाटो मै उ थाक्यो त म के गरु?
आँसु बग्यो, आँखा र निद्राको दुस्मनी बढ्यो ।
के भनौ,कति लेखु, जति लेखेपनि थाक्दैनन् यी आंैलाहरु, अनि सकिदैनन् मेरो मत्रभित्रबाट उसको निम्ती जन्मिएका मायाप्रेमका शब्दहरु,तर अन्तिम प्रस्न गरेको थिए,फेरि प्रस्न गर्ने अधिकार गुमाएको थिए।
दिन,हप्ता महिना,महिनौ बित्यो उ सम्झनामा हरेक पल रह्यो,तर साथमा रहेन ।
भनिन्छ, नि यस्तै नियम छ भाग्यमा हुनेको नाम निधारमा र नहुनेको हृदयमा लेखिन्छ यस्तै भयो ।
म उसँग अझै जवाफ चाहन्थे, तर मैले प्रस्न नै अन्तिम गरेको थिए । मरिहाल्न भन्दा मरिरहन गार्हो रहेछ । जब उ हास्दै बिदा भयो,मलाइ लाग्यो रोएर सबै कुरा पाइदैन रहेछ,केही कुरा मुस्कुराएर छोड्नु पर्ने रहेछ।
आज उस्को प्रोफाइन पिक्चर परिवर्तन देखे, काखमा बसेको सन्तान तिर हेरेर उ उसै गरि मुस्कुराएको थियो जसरी मसँग उ ओठ र आँखा मुस्कुराएर हेर्ने गथ्र्यो,
म रित्तिएको देख्छन सबै,कसले भन्छ मसँग केही छैन भनेर,उसँगको कयौं यादहरु अझै ताजा छन्, भलै ती यादहरु बेस्वादिलो नै किन नहोस ।