पाँचथर । चौथो संस्करण कुम्मायक गोल्डकप चैत ११ गतेदेखि सुरु हुने भएको छ । कुम्मायक गाउँपालिका केन्द्र यासोकमा पालिका स्तरिय गोल्डकप हुने भएको हो । कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा पाँचथरका ८ वटै स्थानिय तहको सहभागिता रहने आयोजकले जनाएका छन् । प्रतियोगिता चैत ११ देखि १५ गतेसम्म कुम्मायक ४ स्थित पृथ्वी माविको खेल मैदानमा सञ्चालन हुने छ ।
मंगलबार पत्रकार सम्मेलन मार्फत आयोजकले खेल तालिका समेत सार्वजनिक गरेका छन् । ११ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा कुम्मायक गाउँपालिकाले फालेलुङ गाँउपालिका सँग प्रतिस्पर्धा गर्ने छ । १२ गतेको पहिलो खेलमा मिक्लाजुङ गाँउपालिकाले फिदिम नगरपालिकाले प्रतिस्पर्धा गर्ने छ ।
१२ गतेको दोश्रो खेलमा हिलिहाङ र फाल्गुनन्द गाँउपालिका बिच प्रतिस्पर्धा हुने छ । १३ गते याङवरक गाउँपालिकाले तुम्बेवा गाँउपालिका सँग खेल्ने छ । प्रतियोगिताको फाइनल खेल १५ गते हुने छ ।
प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसँगै रनिङ ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, दोस्रो हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता बीस लाख लागतमा सम्पन्न हुने आयोजकले जनाएका छन् ।
हेर्नुहाेस खेलतालिका