धरान । आज फागुन ११ गते सुनसरी उद्दोग बाणिज्य संघ को आयोजानामा धरान एक्पोको शुभारम्भ भएको छ ।
विहीबार धरान रंगशालामा उद्घाटन गरिएको उक्त एक्पोको उद्धघाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन ।
पूर्वको व्यवासायीता तथा आर्थिक पर्यटन प्रर्वद्धनका लागि सुनसरी उद्योग बणिज्य संघ धरानले फागुन ११ गतेदेखि २० गतेसम्म आयोजना गर्न लागेको हो । स्थानिय साना साना व्यवसाय र उद्योगको प्रवर्धन गर्नका हेतु धरान एक्पो संचालन गरिएको उद्योग बाणिज्य संघ बताएको छ ।
३ बर्षपछी आयोजना भएको धरान एक्स्पोले प्रदेश नम्बर १ को सबै स्थानिय तह,मोरङ,झापा,इलाम,उदयपुर,धनकु
धरानमा पहिलो पटक डोम प्रविधिको प्रयोग गर्दै अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सञ्चालनको भएको हो । यसको कुल अनुमानित खर्च ९९ लाख ५० हजार रहेको छ ।
धरान एक्स्पोमा १ सय २३ वटा स्टल राखिएको छ । जहाँ स्थानिय उत्पादन भएका खाध्यबस्तु,नर्सरी, हस्तकलाका सामाग्री, जुत्ताचप्पल लगाएतका घरायसी सामान सुपथ मुल्यमा पाउने धरान एक्पो स्टक संयोजन बिष्णु बरालले बताएका छन् ।
धरान एक्स्पोले स्थानिय उत्पादनलाई प्राथमिकता दिने बताइएको छ । एक्पोमा प्रदेश १ मा रहेका कोशिटप्पुको अर्ना देखि सगरमाथा,विभिन्न धार्मिक प्रतिमा देखि थारु पोशाकसम्म एकै ठाउँमा देख्न सकिने छ । धरान एक्स्पोमा हरेक साझ सांस्कृतिक कार्यक्रमले एक्स्पोको रौनता बढाउने संयोजक बरालले बताए ।
आज भएको उद्घाटन समारोहमा उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चण्डी ढकाल, उपाध्यक्ष रामचन्द्र सांघाही, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई लगायत विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो ।