आठराई (तेह्थुम) । शुक्रबार मध्ययान भएको आगलागीका कारण तेह्थुमको आठराई गाँउपालीका–६ को हात्तिखकको एक बस्तीका घरहरु खरानी भएका छन् । १४ घर जल्दा यहाँका बासिन्दा बिचल्नी भएका छन् ।
पीडितहरु शनिबार दिउँसो चामल र त्रिपाल लिन आगलागी पीडितहरु भेला भएका थिए । शुक्रवार अपरान्न भएको आगलागीले घर र घरमा भएको सम्पत्ती खरानी बनाएपछि पीडामा परेका बासिन्दा भोट मेटाउन चाउचाउ खाईरहेका देखिन्थे ।
गाडी पुग्ने ठाँउमा गाँउपालीका, व्यवसायी लगायतले राहत समाग्रि पु¥याएका थिए । खडेरीले गाँउ खङग्रङ्ग परेको थियो भने हावा चलिरहेको थियो । सर्वस्वः गुमेको भन्दै पीडितहरु अब के गर्ने गर्ने भन्ने चिन्तामा देखिन्थे ।
हुनपनि हात्तिखर्कको तल्लो बस्ती आगलागीले सखाप बनाएको छ । खरका छना भएका ढुङ्गा माटाका घर जलेका छन् । कतिपयका गोठ र चौपाया पनि खरानी भएको पाइएको छ ।
पीडितकै बिचमा भेटिएकी मायादेवि तामाङका आँखामा आशु टिपपिल देखिन्थे । ‘श्रीमान मानसिक रोगी हुनुहुन्छ । उहाँको औषधीपनि जल्यो । छोरीको बिहेमा गाँउलेले सहयोग गरेको र रागा बेचेको १ लाख ८५ हजार पैसा थियो । त्यो पनि जल्यो’ उनले भनिन् ‘आगलागीबाट आफूले लगाएको लुगा बाहेक केहि बचाउन सकिएन । सुनचाँदी भेटिएन । हामीत बारीमा थ्यो । हेर्दा हेर्दै पर्तिर आगो निस्कियो । एकैछिनमा घर सखाप बनायो ।’
पहाडको पातलो गाँउका टाढा–टाढाको घरमा आगोले जलाएको छ । गाँउलेहरुका अनुसार एकातिर घरजल्दै गर्दा अर्कोतिरको घर आगोले भेटिहाल्थ्यो ।
कमजोर आर्थिक अवस्था भएका परिवारको बसोबास रहेका यो क्षेत्रमा आगलागी १४ घर खरानी बनाएको थियो । ‘म एकसालको मान्छे हुँ । हाम्रो गाँउमा यस्तो विपत्ति कहिले देखिएको थिएन’ आशबहादुर तामाङले भने ‘हामी गरिबको भएको सबै खरानी भयो । खै अब के गर्ने के नगर्ने ।’
तल तमोर बगिरहेको देखिन्छ । तमोर माथिको यो बल्दी आगलागीले जलेको छ । घरसँगै कुखुरा, गाई समेत जलेका छन् । पछिल्लो समय पानी नपर्दा जताततै सुख्खा छ । जंगलमा लागेको आगो केहिक्षणमै गाँउपसेर सखाप बनाएको स्थानीयले सुनाए ।
‘एउटा घरमा आगो सल्कियो भन्दा भन्दैँ अर्को घरमा टिपि हाल्थ्यो । निभाउने त कुनै मौका नै भएन । म गोठाले थिए । तलबाट धुवा आयो । आगलागी भएको क्या हो भनेर डाँडमा आएर हेर्दा त पुछारको एउटा घर टिपिसकेछ’ अर्का आगलागी पीडित उमेस तामाङले भने ‘हतार हतार आएर पुछार घरमा आगो निभाउन गएको थिए । तेहि बेला आफ्नैमा अगोले टिपिहालेछ । घरमा ममि हुनुहुन्थ्यो । उहाँ आगोले घाईते हुनु भयो । उपचारका लागि फिदिम पठाएका छौँ ।’
आगालगी पीडितहरु त्रिपाल टागेर बस्ने तयारीमा छन् । राहत स्वरुप चामल आईपुगेपनि पकाउने भाडा कुडा छैनन् । वार्डबाट भाडा कुडा किनेर वितरण गर्ने तयारी गरेको वार्ड अध्यक्ष कृष्ण बाँस्कोटाले बताए ।
‘हेर्दा हेर्दै एकपछि अर्को घरमा आगालगी भयो । हाम्रो केहि लागेन’ वार्ड अध्यक्ष बाँस्कोटाले भने ‘सामुदायिक बनमा लागेको आगो बस्ती पसेको अनुमान गरेका छौँ ।’
पहाडका पातला घरभएको बस्तीनै खरानी भएपछि पीडितहरु कहाँ बस्ने, के खाने, के मा पकाउने भन्ने चिन्तामा छन् भने घरहरुमा आझै धुँवा देखिन्छ । सुरक्षाकर्मी, जनप्रतिनिधि, व्यवसायी पीडितको सहयोगका लागि जुटेका छन् ।
जंगलमा लागेको आगो आगो गाँउमा पसेर अनियन्त्रीत भएको थियो । एकपछि अर्कोगर्दै प्रायः घरहरुमा आगो पसेका नियन्त्रण सम्भव भएन् । पाँचथर सदुरमुकाम फिदिमबाट दमकल पुगेपनि बाटो नभएकाले गाँउमा पस्ने अवस्था थिएन् । खानेपानीको समेत अभाव भएकाले क्षण भरमै बस्तीनै खरानी हुन पुग्यो ।
यतिमात्र हैन कुखुरा तथा चौपाया समेत जलेका छन् । १४ घरमध्ये ९ घरमा बसोबास रहेको थियो ।
१ करोड ८३ लाख ३३ हजार ८० सय भन्दा बढिको क्षती भएको प्रारम्भीक अनुमान छ । घरमा अझैपनि धुँवा बलेको खडेरी चलिरहेको तथा खरका छाना भएका घरहरु भएकाले वरीपरिको बस्ती आगलागीको जोखिममा देखिन्छन् ।
घटना स्थल आइपुगेका जिल्ला प्रहरी कार्यालय तेह्थुमका राजन चापागाईले हात्तिखर्कमा अन्यबस्तीपनि आगालागी उच्च जोखिमा देखिएको बताए । जंगलकै छेउमा फुसको छाना भएका घरहरु भएकाले अत्यान्त सचेत रहनु पर्ने अवस्था देखिएको उनले बताए ।
आगालागी पीडितलाई तत्काल राहत समाग्रि प्रदान गरिएको गाँउपालीका अध्यक्ष दिलकुमार पाहिमले बताए । घटनास्थलमा भेटिएका पाईमले आगामीदिनमा यसरी आगलागी हुन् नदिन फुसको छानो हटाएर जस्ताकोको छाना लगाउन सहयोग गर्ने उनको भनाई थियो । तमोरका किनारमा रहेका अन्य गाँउहरुमा पनि आगलागीको जोखिम रहेको गाँउपालीका अध्यक्ष पाहिमको भनाई रहेको छ ।