सुनसरी । एभिनियर फुटबल क्लब क्यामरुनले दोस्रो दिनको खेलमा सानदार जित हासिल गर्दै बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई १-० गोल अन्तरले पराजित गर्दै एभिनियरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
खेलको १४ औ मिनेटमा कप्तान घिनिको पासमा सबा अलिले गरेको गोल नै निर्णायक बन्यो । आजको खेलको म्यान अफ द म्याच बागमतीका आयुस राणा घोषित भए । एभिनियरले सेमिफाइनलमा अब फागुन १८ गते भोलि सोमबारको तेस्रो क्वाटर फाइनल खेल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
भोलि सोमबारको खेल नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापाबिच हुनेछ । फागुन २० गतेसम्म चल्ने गोल्डकप धरानको रंगशालामा भैरहेको छ ।