विराटनगर । प्रदेश नम्बर–१ को नाम राख्न प्रदेशसभा सचिवालयमा दर्ता गरिएको कोसीसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतले स्वीकृत भएको छ । त्योसँगै उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको किराँत–लिम्बुवान–सगरमाथा नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतबाट अस्वीकृत भएको छ ।
अब सभामा नाममाथिको छलफल सकिएपछि मत विभाजन हुनेछ । सभाको दुईतिहाइ बहुमतले पारित गरे प्रदेश–१ ले नाम पाउनेछ ।
छलफलमा एमालेका सांसद रेवतीरमण भण्डारीले कोसी जनजीविकासँग सम्बन्धित विषय भएको बताउँदै भने, “नदी आसपासका क्षेत्रमा नै बस्ती विकास भई सोहीअनुसार सभ्यताको विकास भएको हो । त्यसैले प्रदेश–१ को नाम कोसी नै उचित हुन्छ ।” सभामा नाममाथिको छलफल चलिरहेको छ । साभार :बार्हखारीबाट