विराटनगर । प्रदेश १ मा जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बू रोस्ट्रममै रोएकी छन् । प्रदेश सरकारको स्वास्थ्यमन्त्रीसमेत रहेकी लिम्बूले पहिचानका आधारमा प्रदेशको नाम आउने नदेखेको भन्दै रोस्ट्रममै रोएकी हुन् ।
प्रस्तावित नामको विषयमा प्रदेसस भाको बैठकमा आज भएको छलफलमा पहिचानको नाम आउन सक्ने अवस्था नदेखिएको भन्दै उनी भक्कानिएका हुन् ।
“यस्तो परिस्थितिमा पहिचानको विषयमा आवाज उठाउँदा एक्लो भएको बताएकी छिन ।उनले पहिचानको विषय जातीय विषय नभएको पनि बताइन् ।
” प्रदेशको नाम कोसी हुनुभन्दा गोली खानु ठिक हुने थियो,” उनले भनिन्।