पाँचथर । प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा बन्दको आह्वान गरिएको छ । बन्दका कारण पाँचथरमा सवारीका साधन चलेका छैनन् । फिदिम बजारका पसलहरु समेत बिहानैबाट बन्द छन् ।
पाँचथर ,ताप्लेजुङबाट छुट्ने लामा दूरीका सवारीसाधन चलेका छैनन् भने छोटा दूरीका सवारी साधन पनि रोकीएका छन् । फिदिमका मुख्य चैक बजार क्षेत्रमा बिहानैबाट बन्दकर्ताहरु सडकमा रहेर बन्द गरिरहेका छन् । फिदिम बजार क्षेत्रमा मोटरसाइकल समेत बन्दकर्ताहरु चलाउन दिएका छैन् ।
पाँचथरका मुख्य बजार रबि,राँके, घुर्बिसे पञ्चमी, थर्पु लगायतका बजार क्षेत्रमा पनि बन्दकर्ताहरुले यातायात बन्द गरेका छन् ।
कोशी प्रदेश नाम खारेजीको माग गदै पहिचानवादी संघ/संस्थाद्वारा गठित संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै शनिबार राति कोशी प्रदेशको प्रमुख सहरहरूमा राँके जुलुस निकालेको थियो।
यही फागुन १७ गते प्रदेशसभाको दुईतिहाइ मतले प्रदेशको नाम कोशी पारित गरेको हो। कोशी प्रदेश नामकरण भएको भन्दै विभिन्नसंघ/संस्थाले सो नामप्रति असहमति जनाइरहेका छन्।