ए.पी. तोलाङ्ग
नेपालमा यस्ता धेरै ठाँउ छन्, जसको चर्चा कम भएका छन् तर प्राकृतिक रुपमा सुन्दर छन् । यस्तै, महत्पूर्ण ठाँउहो प्रोक उपत्यका ।
गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुब्री गाँउपालिका साविकका ७ वटा गाँउ बिकास समितिहरु (समागाँउ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास) मिलाएर निमार्ण भएको छ ।
ती गाँउ बिकास समितिहरु मध्ये प्रोक गाँउ हिमालको काखमा अवस्थित रमणीय समथर उपत्यका हो ।
प्रोक गाँउ २४०० मीे. उचाइमा रहेको छ । यंहा भोटे जीवनशैली, कला, संस्कृति र रमणीय हिमाली सौन्दय देख्न पाइन्छ ।
गाँउमा होमस्टेहरु सन्चालनमा रहेका छन । होमस्टेहरुमा अर्गानिक गाँउमा उत्पादन भएका खानपिन अनुभब गर्न सकिन्छ । घर घरमा बौद्धमन्त्र लेखिएका झन्डा, धोजाहर र लुनदार फरफराइ रहेको देख्न पाइन्छ । गाँउलेहरु बौद्धमार्गी हुन ।
प्रोक गाँउको बाटो हुदै मनास्लु लार्के पास गर्न सकीन्छ । मनास्लु पदमार्गसँग जोडिएका डयाङ र प्रोकको गाँउको शिरमा रमणीय कालताल अवस्थित छ ।
समुन्द्री सतहबाट ३७१०मी.उचाइमा अवस्थित कालताल पुग्न प्रोक गाँउबाट लगभग ५ घन्टाको पैदल यात्रा गर्नु पर्दछ कालताल जहाँ हरेका दिन बिहान मनास्लु हिमालको सुनौलो प्रतिबिम्ब देख्न सकिन्छ । तालको पश्चिमपटि मनास्लु हिमाल र बाँयातीर हिमालचुलीका त्रेणीहरु मीलेर बसेका रमणीय दृश्य देख्न सकिन्छ ।
गाँउका स्थानियहरुले कालताललाई शक्तिकी प्रतीक देवीको रुपमा मान्दछन । गाँउका बच्चाहरु बीमार हुदा तालमा गएर पुजापाठ गरे पछि निको हुन्छ भन्ने धार्मीक आस्था रहेको छ। बुद जयन्तिको दिनमा गाँउका स्थानीयहरु गएर ताल वरीपरी सरसफाइ गर्ने, पुजापाठ गर्ने, ताल वरीपरी कोरा गर्ने गदछन। पवित्र भूमि भएकोले तालमा पौडी खेल्न, जथाभावी फोहर गर्न, काटमार, शीकार गर्न पाइदैन । तालको वरीपरी गुराँस, भोजपत्र, र धुपिको जंगल रहेको छ ।
तालको पुर्बतफ एउटा गुम्बा र धर्मशाला रहेको छ । घुम्न जाने पर्यटकहरु धर्मशालामा बास बस्ने र तलबाट लगेको खानाहरु बनाएर खाने गर्दछन ।
तालको वरीपरी जंगलमा झारल, कस्तुरी मृग, हिउँचितुवा अन्य जंगली जनावर साथै बिभिन्न चराचुरुन्गीहरु रहेका छन। चोरी शीकार, जनावर काटमार नगरीने हुँदा यँहा जंगली बन्यजन्तु चराचुरुन्गीहरु नजीकबाट अवलोकान गर्न सकिन्छ।
कालतालको पुरा फन्को मार्न हिडेर लगभग डेढ घण्टा लाग्छ । पर्यटकहरु यस तालमा घुम्न जानको लागि प्रोकबाट अनिवार्य स्थानिय गाइड लिएर जानुपर्छ ।
प्राकृतिक र साँस्कृतिक रुपमा समेत महत्वपुर्ण रहेको कालताल प्रर्याप्त प्रचार प्रसारको कमीले ओझेमा परेको छ ।
कालताल घुम्नको लागी काठमाडौंबाट गोरखाको सोंतीखोलासम्म सार्बजनिक बसमा पुग्न सकिन्छ । सोती खोलादेखि दोभानसम्म जिपमा यात्रा गर्न सकिन्छ । दोभानबाट पदयात्रा सुरु हुन्छ । पहिलो बास फिलीम र दोस्रो बास कालतालको बेस प्रोक गाँउ पुग्न सकिन्छ । तेस पछि स्थानिय होमस्टेहसँग सम्पर्क गरि उनीहरुले कालतालमा खाने बस्ने र गाइडको ब्यवस्था गरिदिन्छन् ।