सगुन सुसारा
मेरो हजुरबा
मेरो बाजे
मेरो बुबा
मेरो हजुरमा
मेरो बोजु
मेरो आमा
रमाउँदै/खुशी हुँदै
सबैले
साकेन्वा नाचेको
आज
म
नाच्न पाई रहेको छु ।
जानकारहरुलाई
सोध्दै
गाउँ गाउँबाट
संकलन गर्दै/बटुल्दै
बुद्धिजीविहरुलाई
फकाउँदै
संकलन गरेको/बटुलेको
खाजेको
ल्याएको
आज
म
नाच्न पाई रहेको छु ।
नजान्नेहरुलाई
सिकाउँदै
नचिन्नेहरुलाई
चिनाउँदै
नपाउनेहरुलाई
देखाउँदै
यहाँसम्म
ल्याएको
यो
आज
म
नाच्न पाई रहेको छु ।
सुनेको थिएँ
खोज्ने
संकलक
पछ्याउने
कता हो कता
बिर्सन्छ्
झारी राख्छ
उछिट्याई पठाउँछ
त्यसो र
आज
म
नाच्न पाई रहेको छु ।
ए ! नानीहरु
जान
ए ! युवाहरु
सोच
ए ! पाकाहरु
हिडाउ
हिजो कस्तो थियो ?
आज कस्तो छ ?
भोलि कस्तो हुन्छ ?
आज
म
नाच्न पाई रहेको छु ।
हाम्रो कुल
हाम्रो संस्कृति
हाम्रो मुन्धुम
यो हाम्रो अस्तित्व
बचाउनु पर्छ
यहीँ नै
हिजोबाट
झुण्डिदै झुण्डिदै
आएर
आज
म
नाच्न पाई रहेको छु ।
(राई बान्तावा भाषाबाट अनुवाद, अुन. हेङकुबुङ)