पाँचथर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन निरीक्षणका लागि पाँचथर आउने भएका छन् । पाँचथर, ताप्लेजुङ र सङ्खुवासभामा बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ ।
प्रकोप प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री आज ताप्लेजुङ र सङ्खुवासभामा हँुदै पाँचथर आउने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रको निरीक्षणमा हिँडेपछि दिउँसो ३ बजे काठमाडौंमा घोषणा हुने भनिएको समाजवादी मोर्चाको कार्यक्रम एक घण्टा सारिएको छ ।