कुनैपनिप्रविधिको प्रयोग गरी दिइने वाहाँसिलगरिने शिक्षाप्रविधिमैत्रीशिक्षाहो । कुनैपनि देशको शिक्षानीतिले आफ्नो देशको राष्ट्रिय प्राथामिकताहरुलाई सम्बोधन गरेको हुन्छ। जुनसुकै देशको सुशाशन, संमृद्धि र दिगो विकासमाशिक्षाको महत्वपूर्ण भुमिका रहन्छ । शैक्षिक नीतिको स्पष्ट परिभाषा नभएतापनि शैक्षिकनीति सरकारले शिक्षा क्षेत्रमा के कस्ता कार्यहरु गर्ने भनीतयार पारिएको दस्तावेजनै शैक्षिक नीति हो भन्न सकिन्छ ।
सामान्यतयःशिक्षाको अर्थ ज्ञानआर्जन गर्नु वासिक्नु भन्ने हुन्छ । मानिसलाई सर्वश्रेष्ठ बनाउने कामशिक्षाले गरेको हुन्छ । विश्वप्रशिद्ध लेखक हर्वट स्पेन्सर भन्छन्“मानिसले पूर्ण जीवन व्यतित गर्नका लागि तयार गर्नुनै शिक्षाको महत्वपुर्ण कार्य हो ।” नेपाल विभिन्न जाति, भाषी तथा विभिन्न सम्प्रदायका मानिसहरु बसेको साझा थलो हो । हरेक स्थानियतहले, त्यस क्षेत्रका शैक्षिकआवश्यकताहरुको बारेमा छलफल गरेर शैक्षिक नीतितथाकार्यक्रम तर्जुमा गर्नुपर्ने हुन्छ । नेपालको संबिधान २०७२ को अनुसुचि ८ मा विद्यालयशिक्षाको अधिकार स्थानियतहमा रहेको उल्लेख गरिएको छ ।
नेपालमा २०७६ सालको अन्त्यदेखि कोरोनाको लहर चल्यो, जसको कारण शैक्षिक क्षेत्रमानिक्कै नकारात्मक असर पारेकोे थियो । हाम्रो देशमा ११ वटा विश्वविद्यालयहरु बन्द भए अनि पैतिस हजार भन्दा बढी विद्यालयहरु बन्द भएका थिए, जसको कारण शिक्षण सिकाइ क्रियाकलापमा ठूलो असर परेको थियो । हाम्रो देशको अधिकांश विद्यालय प्रविधिको पहुँच भन्दा बाहिर छन्, फेरि भोलिको दिनमा यस्ता माहामारीहरु नआउला भन्न सकिदैन । त्यसैले अबको शिक्षालाई प्रबिधिमैत्रि बनाउनुपर्छ । हरेक स्थानियतहलाई शिक्षा प्रविधि सँग जोड्ने विषयमा छलफल गर्नुपर्छ । हाल केहि विश्वविद्यालय र नीजि संस्थाहरुले अनलाइनशिक्षा संचालन गरेका छन् तर गुणस्तरिय प्रविधिन हुँदा अनलाइन शिक्षा त्यति प्रभावकारी भएन । यसबाट पनि एउटा प्रश्न खडा भएको छ, प्रविधिलाई कसरी शिक्षा सँगजोड्ने ?
नेपालका शैक्षिक नीति निर्माणका आधारहरु अनौपचारिक शिक्षानीति, प्राविधिक तथा व्यवसायिक शिक्षानीति, अपाङ्गता भएका विद्यार्थीका लागि समावेशि शिक्षा नीतिहरु हुन् । यसका प्रयासहरुलाई आधारमानि शैक्षिकनीति समयानुकुल परिवर्तन गर्नुपर्ने देखिन्छ ।
प्रविधि मैत्रिशिक्षाको विकास गर्न पूर्वाधारको उचित व्यवस्था गर्नुपर्ने देखिन्छ । पूर्वाधारको अभावमा अनलाइन कक्षाको कल्पना पनिगर्न सकिदैन । आवश्यक पूर्वाधारको विकास गरी शिक्षक तथा विद्यार्थीलाई प्रबिधिमैत्री बनाउनु पर्छ । इन्टरनेट, रेडियो, टिभि, मोबाइल, ल्यापटप, कम्प्युटर लाई सबैको पहुँचमा जोड्नुपर्छ । अनलाइन शिक्षाको मोेडेल अनुसार सामग्री तयार गरी व्यवस्थिततवरले शिक्षण सिकाइ सन्चाल नगरिएको खण्डमा शिक्षालाई प्रबिधिमैत्रीबनाउन सकिन्छ ।
शिक्षामा प्रविधिको प्रयोग गरी नीजिविद्यालय र सरकारी विद्यालय वीचको शैक्षिक गुणस्तरको खाडल कम गर्नुपर्ने देखिन्छ । अनि सहरी विद्यालय र ग्रामिण विद्यालय वीचको गुणस्तरको पनि समायोजन गर्न सकिन्छ । सूचना र प्रविधि युक्त विद्यालयमा अध्ययन अध्यापनको सीमा फराकिलो हुन्छ, जसको कारण विश्वको ज्ञान लगायतअन्यआवश्यकीय ज्ञान तथा सीपहरु हाँसिलको सुनिश्चितताहुन्छ ।अनलाइनशिक्षालाई व्यापकबनाउनु पर्छ किनकि, अनलाईन शिक्षाबाट विद्यार्थीले फूर्सदको समयमा सिक्ने अनिआफूलाई मनपर्ने विषयको ज्ञान हाँसिलगर्ने अवसर मिल्छ । साथै शिक्षकहरुले विषयवस्तुलाई पृथकतथा रचनात्मक तरिकाले प्रस्तुतगर्न सक्छन्, जसको कारण गुणस्तर पनि सहजै उस्कन सक्छ । यसरी यस प्रविधिलाई शैक्षिककार्यक्रममा सन्चालनगर्न आवश्यकपूर्वाधारको विकासगर्नुपर्छ ।जस्तै : इन्टरनेट, बिजुली, साथै कम्प्युटर शिक्षाको विशेष ज्ञान भएका शिक्षकहरुको व्यवस्था गर्नुपर्छ ।
हामी जस्ता विकासउन्मुख देशका नागरिकहरुमा पुरातनवादी बुर्जवाशिक्षा र पितृसत्तातमक सोच आदि जस्ता कारण प्राविधिक शिक्षामा पछि परिरहेका छौ । प्रबिधि मैत्रीशिक्षाआजको टट्कारो आवश्यकता हो । तर आजभोली यो परिपाटी ज्यादै महंगो हुँदै आएको छ । शिक्षामा देखिएको उदार पूँजीवादको कारण यसलाई सर्वसुलभ बनाउन सकिएको छैन, वर्तमान अवस्थमा प्रविधिमैत्रि शिक्षा भ्रष्टचारको अखडा बन्नपुगेका छन्, जसको कारण यो प्रविधि धेरै महङ्गो भई सर्वसाधारणलाई समावेश गर्न नसकिने भएको छ । नेपालमा यस शैक्षिक परिपाटीलाई निम्नवर्ग, मध्यमवर्ग तथाउच्चवर्ग सबैमालागूगर्ने तर्फ सबैको ध्यानजानुपर्ने देखिन्छ ।
नेपालको शिक्षा प्रणाली सुधारोन्मुख त छ तर २००७ सालदेखि २०८० सालसम्म आइपुग्दा नेपालको शिक्षा क्षेत्रमा अनेकौं नीतिगत तथा संस्थागत सुधारका प्रयासहरु भएका छन् । यतिहुँदाहुँदै पनि विद्यालयतह देखि उच्चतह सम्मप्रविधिमैत्रि शैक्षिक वातावरणको संस्थागतविकासमाभने ध्यानगएको छैन ।
नेपालमा डिजिटल प्रविधिमाआधारित पठनपाठनलाई प्रोत्साहनगर्न राष्ट्रिय पाठ्यक्रमप्रारुप २०६३, प्रतिविद्यार्थी एक ल्यापटप अवधारणा २०६५, विद्यालयशिक्षामा सूचनातथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धिनिर्देशिका २०६९ मार्फत कार्यक्रमहरु संचालनहँुदै आएका छन् । सूचनातथासञ्चार प्रविधिको गुरुयोजना सन् २०१३ देखि २०१७ ले सबै विद्यालयमा सूचनातथाप्रविधिको सुनिश्चितगर्ने लक्ष्य राखेको थियो । यसरी हरेक समयमा प्रविधिमैत्री शिक्षाको कुरा नीति तथाकार्यक्रममा समावेश गरिएता पनियसको रिजल्ट सन्तोषजनक नभएको कुरामा दुईमत छैन । यसरी शिक्षालाई प्रविधिमैत्रि बनाउनु आजको टट्कारो आवश्यकताहो । राज्य स्तरबाट र स्थानिय स्तरबाट अनिविद्यालय तहबाट यसलाई प्रभावकारी रुपमा शिक्षण सिकाइमाप्रयोगमा ल्याउनुपर्छ । हाम्रो देश नेपालप्रकृतिको विशाल भण्डार हो, यसलाई प्रयोगमा ल्याउन प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ ।
प्राविधिक जनशक्ति उत्पादनगर्न शिक्षालाई प्रविधिमैत्रिबनाइनु पर्छ । अहिले शिक्षण संस्थातथाविश्वविद्यालयहरु शैक्षिक बेरोजगार जनशक्ति उत्पादनगर्ने कारखानाको रुपमा देखापरेका छन्भने अर्कोतिर शिक्षण सिकाइमा विद्यालयहरुको अरुचि तथाअक्षमता पनि चुनौति बनेको छ । शिक्षकलाई प्रविधिमैत्री बनाएर शिक्षामा नयाँ मोडल ल्याइन पर्छ । सूचना र प्रविधिको तीब्र विकास भइरहेको आजको २१ औं शताब्दीमा तदानुकूलको शिक्षाप्रदानगर्ने राज्यको नीतितथा रणनीतिलाई प्राथामिकता दिनुपर्छ । तसर्थः पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका लगायत शिक्षामा नीतिनियम,निर्देशनतत्काल सम्वन्धितविद्यालयमा पुर्याउने माध्यमको रुपमा इन्टरनेट सुबिधाको व्यवस्था राज्यबाट गरिनु पर्छ ।
यसरी शैक्षिक पद्धतिलाई प्रविधिमैत्रीबनाई समयसापेक्ष ज्ञान तथासिपहरु दिएको खण्डमा मात्रसिकाइ अर्थपूर्ण तथादीर्घकालिन हुन्छ । तवमात्र सवलअनि समृद्ध नेपालको कल्पनागर्न सकिन्छ ।
लेखकश्री सिद्धकाली आ.वि. थाक्ले
फिदिम न.पा.-४, पाँचथरका प्रधानाध्यापक हुन्