पाँचथर । पाँचथर सदरमुकाम फिदिममा गए राति मोटरसाइकल दुर्घटना हसँदा एक जनाको ज्यान गएको छ । मेचि राजमार्ग अन्तरर्गत फिदिम-२, ओदिनमा गए राति २ बजे भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यू भएको छ ।
मृत्यु हुनेमा झापाको विर्तामोड नगरपालिका-८, निवासी २४ वर्षीय युवराज अधिकारी रहेका छन् । अधिकारी सवार प्रदेश ०१-०३-००१ब ००१९ नम्बरको मोटरसाइकल फिदिम-२, ओदिनमा दुर्घटनामा परेको थियो । मृतक अधिकारी प्रदेश कोष तथा लेखा नियन्त्रणकार्यालय पाँचथरमा कार्यरत कर्मचारी हुन् ।
प्रहरीका अनुसार उनी सवार मोटरसाइकल सडकमै भेटिएको थियो भने उनको शव १० मिटर तल भेटिएको थियो । मोटरसाइकल अनियन्त्रित भइ दुर्घट्ना भएको हुनसक्ने प्रहरीकोअनुमान छ ।