पाँचथर । नेपाल तरुण दल पाँचथरको आयोजनामा सदरमुकाम फिदिममा जारी छौटौं तरुण गोल्डकप प्रतियोगिता अन्तर्गत सोमबार क्वाटरफाइनलका ३ खेल सम्पन्न भए सँगै प्रतियोगिताको सेमिफाइन समिकरण पुरा भएको छ । सोमबार भएका खेलहरुमा वडा नम्बर १,७ र ८ बिजयी भए । फिदिम वडा नम्बर १० यस अघिनै सेमिफाइनल प्रबेश गरिसकेको छ ।
सोमबार फिदिम माबिको खेलमैदानमा भएको पहिलो खेलमा फिदिम वडा नम्बर- ८ ले फिदिम – १३ लाइ ३—१ गोल अन्तरले हराउदै सेमिफाइनल प्रबेश गरेको छ । फिदिम-८ को जितमा लुम्बीहाङ नेम्बाङ ले २ गोल र नवराज गुरुङले १ गोल गरे । फिदिम —१३ को लागी साजन राईले १ गोल फर्काएका थिए । २ गोल गरेरका फिदिम-८ का लुम्बीहाङ नेम्बाङ खेलको म्यान अफ दि म्याच घोषित भए । सेमिफाइनलमा फिदिम-८ ले फिदिम-१० सँग प्रतिस्पर्धा गर्ने छ ।
सोमबार भएको दोश्रो खेलमा फिदिम— ७ ले फिदिम- ४ लाई ३-१ ले हराउदै सेमिफाइनल प्रबेश गरेको छ । फिदिम— ७ को जितमा अशोक राईले २ गोल र रमेश राईले १ गोल गरे । फिदिम-४ का दिशेश लिम्बुले पहिले गोल गरेर फिदिम-४ लाई अग्रता दिलाए पनि फिदिम -४ले अग्रता लामो समय जोगाउन सकेन । यसखेलमा बादल राईले म्यान अफ दि म्याच जिते । फिदिम -७ ले सेमिफाइनलमा फिदिम -१ सँग प्रतिस्पर्धा गर्ने छ ।
सोमबार भएको तेस्रो तथा अन्तीम खेलमा फिदिम -१ ले फिदिम-१४ लाई ३-२ गोलले हराउदै फिदिम-१ सेमिफाइनल प्रबेश गरेको छ । फिदिम -१ को जितमा संजोक नेम्बाङ, मनिश क्षेत्री र शुभराज जंग क्षेत्रीले समान १ गोल गरे । फिदिम वडा नम्बर १४ को लागी सुशन राईले २ गोल फर्काए पनि आफ्नो टोलीलाई जिताउन सकेन्न । फिदिम वडा नम्बर १४ को लागी सुशन राईले म्यान अफ दि म्याचको पुरस्कार जिते । फिदिम -१ ले सेमिफाइनलमा फिदिम -७ सँग प्रतिस्पर्धा गर्ने छ ।
फिदिम नगरपालिकाका १४ वडा सहभागी रहेको प्रतियोगितामा प्रथम हुनेटिमले ५१ हजार नगद र प्रमाण पत्र प्राप्त गर्दा उपबिजेताले नगद ३५ हजार र प्रमाण पत्र प्राप्त गर्ने तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए ।
तरुण गोल्डकपमा मंगलबार हुने सेमिफाइनलका खेलहरु
१. फिदिम -१० बिरुद्ध फिदिम -८ दिउसो ११ बजे
२. फिदिम -१ बिरुद्ध फिदिम -७ दिउसो १२ः३० बजे