दिपक बोहोरा । (पाँचथर ) । पछिल्लो १ महिनामा पाँचथरका बिभिन्न स्थानमा करिब एक दर्जन फुटबल प्रतियोगिताहरु सम्पन्न भए । अहिले जिल्लामा दर्जनै प्रतियोगिताहरु आयोजना भइरहेका छन् । अझै दर्जनै प्रतियोगिताहरु आयोजना हुने तयारीमा छन् । पाँचथरमा करिब २ दर्जन प्रतियोगिताहरु सम्पन्न हुँदा करिब ६० लाख रुपौँया बराबरको फुटबलबाट कारोबार भएको जानकारहरु बताउछन् । तर टोलटोलमा हुने यस्ता प्रतियोगिताहरुको कुनै मापदण्ड छैन् । बारीको पाट देखि खुल्ला चौर सम्म यस्ता प्रतियोगिता आयोजना हुँदै आएका छन् । ७ जना खेल्न मिल्ने बारीकोपाटामा हुने प्रतियोगिता देखि ११ जना सम्म चौरमा खेलीने प्रतियोगिताहरुलाई ‘गोल्डकप’ भन्दै आयोजना गरिदै आएको छ ।
जिल्लामा हुने फुटबल प्रतियोगिताहरुमा न मापदण्ड छ । नत नियमन गर्ने निकायनै छ । यस्ता प्रतियोगिताहरुमा न त मेडिकल र औषधि हुन्छ । नत खेलाडीको बिमानै हुन्छ । प्रतियोगितामा औषधिको रुपमा मुभ र पानी बाहेका आयोजक सँग केहि पनि हुदैन । स्वास्थ्यकर्मि र एम्बुलेन्स त परको कुरा भए । खेलाडीहरु बडो जोखिमका साथ खेल खेलीरहेका हुन्छन । अतिथिका रुपमा जिल्लाका जनप्रतिनिधि र हाकिमहरु पुगे पनि यस्तो जोखिम निवारणमा कसैको आँखा पुगेको देखिदैन । यस्ता प्रतियोगिताहरुको अनुमति जिल्ला प्रशासन कार्यालय मार्फत दिने गरेको पाइन्छ । तर प्रशासनले एउटा निबेदनबाहेक केहि हेर्ने गरेको पाइदैन्न । खेलमैदानको अवस्था, आयोजकको अवस्था, औषधि र स्वास्थ्यकर्मिको उपल्बधता केहि नहेरी आयोजकलाई अनुमति पत्र दिने गरेको पाइन्छ ।
यि प्रतियोगितामा कस्तो खेलमैदानमा फुटबल खेलाउने? कति टिम खेलाउने,कति दिन फुटबल खेलाउने केहि मापदण्ड छैन् । पुरस्कार राशि कति सम्म पुर्याउने ?, अयोजकको श्रोत केहो केहि पनि मापदण्ड छैन् ।र पर्दैन पनि फुटबल गर्छु भने पुग्छ । यस्ता प्रतियोगिताहरुमा ३० देखि ४० टिमहरुलाई प्रतिस्पर्धा गराउने गरिन्छ । नेपाल तरुण दलले आफ्नो स्थापना दिवसको अवसर पारेर सदरमुकाम फिदिममा आयोजना गरेको तरुण गोल्डकप खेल्ने क्रममा फिदिम ९ का एक खेलाडीको खुट्टानै भाचियो । उनको खुट्टामा शल्यक्रिया गरेर स्टिलनै राख्नु पर्ने भयो । तर उनको उपचार टिमले गर्ने कि आयोजकले कहिकतै उल्लेख थिएन् । नत यो प्रतियोगितामा खेलडीको बिमानै थियो ।
यस्ता प्रतियोगिताको मुख्य श्रोतनै चन्दा र स्थानिय सरकारले दिने अनुदाननै हो । बिदेशमा बस्ने नेपालीहरु र स्थानियहरुको चन्दाको भरमानै यस्ता प्रतियोगिता आयोजना हुने गरेको छ । स्थानिय सरकारले अवस्थाहेरेर अनुदान पनि दिने गरेको छ । सबै तिर चन्दा उठाएर प्रतियोगिता आयोजना गरेको भए पनि अधिकांश आयोजकहरुले प्रतियोगिताको हिसाबनै सार्वजर्निक गर्दैन्न । ति आयोजकहरु वर्षभर हराउने र हिउदको समयमा फुटबल गर्ने समयमामात्र देखा पर्ने गरेका छन् ।
यस्ता प्रतियोगिताहरुले फुटबल चलायमान बनाउने, गुमनाम खेलाडीहरुको पहिचान गराउने तर फुटबलको व्यवसायिक विकास नहुने जिल्ला फुटबल संघ पाँचथरका अध्यक्ष गणेश राईको बुझाइ छ । अखिल फुटबल संघ (एन्फा)ले स्पष्ट माण्दण्द बनाउन नसक्दा पनि समस्या रहेको उनको बुझाइ छ । राइका अनुसार यस्ता मेला,बजार र महोत्सवमा हुने प्रतियोगिताहरुको नियमन अखिल फुटबल संघ (एन्फा)ले मात्र गर्न नसक्ने यसकालागी स्थानिय तह र जिल्ला प्रशासनले पनि जिम्मेबारी लिए मात्र सम्भव हुने उनको तर्क छ ।
गाउँ गाउँमा हुने प्रतियोगिताहरुले खेलाडी उत्पादनमा सहयोग गरे पनि खेलाडीहरुको सुरक्षामा चुनौती बढ्दै गएको जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले बताए । यस्ता प्रतियोगिताहरुमा खेलाडीबिमा लगायता खेलाडीको सुरक्षामा आयोजकले ध्यान दिन नसक्दा खेलकुद विकास समिती पाँचथरले सरोकारवालहरु संग बैठक बसेर यस्ता प्रतियोगिताहरुको मापदण्ड बनाउने तयारी गरेको मोक्तानले जानकारी दिए ।
मौफसलमा हुने यस्ता प्रतियोगिताहरुले फुटबल विकासमा सहयोग गरे पनि उतिकै चुनौती थपिदै गएको अखिल फुटबल संघ(एन्फा) का प्रबक्ता सुरेश शाहाले बताए । एन्फाको आगामी बैठकमा मौफसलमा फुटबल प्रतियोगिताहरुलाई व्यवस्थित पार्ने विषयमा केन्द्र्रित रहने उनले बताए ।