दिपक बाेहाेरा । संसारको लोकप्रिय खेलहरूमध्ये एक हो फुटबल । अझ फुटबललाई त खेलहरूको राजा भनेर पनि चिनिन्छ । गाउँघरदेखि सहरबजार र संसारका ठूला रङ्गशालामा खेलिने यो खेलको के्रज विश्ब भरनै छ । बेला-बेलामा आफ्नो जादुमयी खेल प्रदर्शन गर्ने खेलाडीका कारण पनि फुटबलले लोकप्रियता कमाएको इतिहास साक्षी छ । ११ जनाको समुहमा खेलिने यो खेल आपसी सम्बन्ध, भाइचारा र मेलमिलाप को प्रतीक पनि हो ।
आजभोली फिदिमको फोटो समेत सुन्दर देखिनथालेको छ । सुन्दर फिदिमलाई फोटोमा कुरुप देखाउने फिदिम मा.बिको खेलमैदान पनि सुन्दर बने पछि अहिले फिदिमको सुन्दरता थपिएको हो । आजकाल फिदिमको मुटु मानिन फिदिम मा.बिको खेलमैदान नियाल्नुहुन्छ भने पुरै परिर्वतन देख्नु हुन्छ । खेलमैदानको मुहार फेरिएको छ । मैदान सम्म भएको छ, बासको प्यारापिट बनेको छ ।
तर, तपाईँले सोही ठाउँबाट केहि समय पहिले हेर्नुभएको थियो भने अहिलेको ठिक उल्टो दृश्य देख्नुहुन्थ्यो । मैदान झाडी जस्तै थियो, मैदानको बिचमा माटोको पहाडहरु देखिन्थ्याे । यहि कारणले फिदिममा ४ वर्षबाट कुनै फुटबल प्रतियोगिताहरु भएको थिए । फिदिममा फुटबल प्रेमिहरुले ठुला फुटबल प्रतियोगिताहरुको स्वाद चाख्न नपाएको ४ वर्ष बित्यो । पाँचथरमा सदमरमुकाममा रहेको फिदिम माविको स्वामित्वमा रहेको खेल मैदानको पर्खाल २०७६ श्रावणमा भत्कियो लगतै कोभिड रोगका कारण पाँचथरमाठूला खेल प्रतियोगिताहरु बन्द भए ।
त्यहि कारण फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप हुन सकेन । पाँचथर सदरमुकाम फिदिममा यस अघि दुई ठुला प्रतियोगिता हुने गरेका थिए । फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप । फाल्गुनन्द गोल्डकप १० औं संस्करणमा पुगेर रोकियो । पाँचथर गोल्डकपको चौथो संस्करणमै बेक्र लाग्यो । २०७६ यता फिदिममा ठूला मानिएका फुटलब प्रतियोगिता भएको छैन । लाग्थ्याे अब फिदिममा वर्षै फुटबल हुने छैन् ।
खेलमैदान भत्किनु पहिला फिदिममा फुटबलको माहोल छुट्टै थियो । पुस महिनामा फाल्गुनन्द गोल्डकप र चैत महिनामा पाँचथर गोल्डकप हुन्थ्याे । दुबै गोल्डकपमा दर्शकको उपस्थित उल्लेखिय हुन्थ्याे। फाइनल खेलमा थामिनसक्नु हुन्थ्याे दर्शकको उपस्थिती । ४ वर्ष सम्म फिदिमे फुटबलप्रेमिहरुलाइ यि पुराना दिन इतिहास जस्तै लाग्न थालेको थियो ।
पाँचथर फुटबल क्लबले भद्रगोल खेलमैदानमा प्रथम किँरात गोल्डकपको घोषण गर्दा फिदिमेहरु आश्र्चायमा परेका थिए । निकै लामो समयमा आगामी मंसिर १६ गते फिदिममा ‘ किँरात गोल्डकप ’ को प्रथम संस्करण सुरु हुँदैछ । किराँत गोल्डकपमा ८ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । धेरै पछि फिदिम माबिको खेलमैदानमा फुटबल फर्किदा पाँचथरे फुटबल फ्यानहरू उत्साहित छन् ।
‘ए’ डिभिजनमा क्लबबाट फुटबल खेलिसकेका र र्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरेका खेलाडीको आगमनले मंसिर १६ बाट पाँचथरे फुटबलमा पुनः पुरानै क्रेज फर्कनेमा पाँचथरे फुटबल प्रेमिहरु विश्वस्त छन् । फुटबलमा चासो दिने र र्राष्ट्रिय क्लब फुटबल नियमित हेर्ने फ्यानहरूको लागि किराँत गोल्डकप आउने स्तरीय खेलाडी सुखद समाचार हुन् । स्तरीय खेलाडी पाँचथरमानै आएर खेल्दा पक्कै खेल पनि स्तरीय हुने पाँचथरका फुटबल फ्यानहरुको विश्वास छ ।
यस अघि ए डिभिजन लिगमा देखा पर्ने गरेका नाईजेरिया, इथोपिया लगायत देशका खेलाडी साथै नेपालको ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका चर्चित खेलाडीहरू पनि हुने अपेक्षा यहाँका फुटबल समर्थकहरुको छ । ए डिभिजन लिगमा अनुभव बटुलिसकेका खेलाडीहरूसँग खेलेर यो पटक स्थानिय खेलाडीहरूलाई पनि खेलबारे थोर बहुत बुझ्न सक्नेमा आयोजक विश्वस्त देखिएको छ । यस प्रतियोगिताले पाँचथरे फ्यानको आकर्षण बढ्ने देखिएको छ ।
फिदिममा फुटबलको निकै लामो समय देखि गुम्न लागेको क्रेजलाई फिर्ता गर्नु मात्र नभएर ओरालो लाग्दै गएको पाँचथरको फुटबल विकासमा सहयोग गर्नेमा आयोजक पाँचथर फुटबल क्लब विश्वस्त छ । पाँचथर फुटबल क्लबको आयोजनामा मंसिर १६ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र मितेरी फुटबल क्लब तेह्रथुम बीच प्रतिस्पर्धा हुने छ ।ए डिभिजन क्लब हिमालय शेर्पा सहित ८ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार पाउने छ ।
मंसिर १७ रेडहर्स फुटबल क्लब इलाम र बिर्तामोड युनाइटेट क्लब झापा बिच प्रतिस्पर्धा हुने छ । मंसिर १८ डि.एफ.सि मोरङले युनाइटेड फुटबल क्लब दार्जिलिङ भारत सँग खेल्ने छ । १९ गते कणर्सिं सोनाम स्मृति क्लब ताप्लेजुङले ए डिभिजन क्लब हिमालय शेर्पाको सामना गर्ने ।यस्तै, मंसिर २० गते पाँचथर फुटबल क्लब र मितेरी फुटबल क्लब तेह्रथुम बीचको विजेता तथा डि.एफ.सि मोरङ र युनाइटेड फुटबल क्लब दार्जिलिङ भारतको विजेताबीच पहिलो सेमिफाइनल हुने छ भने अन्तिम सेमिफाइनल २१ गते रेडहर्स फुटबल क्लब इलाम र बिर्तामोड युनाइटेट क्लब झापाको विजेता तथा कणर्सिं सोनाम स्मृति क्लब ताप्लेजुङ र ए डिभिजन क्लब हिमालय शेर्पाको विजेताबीच हुने छ ।
मंसिर २३ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने छ । गोल्डकपको उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट खेलाडीले १० हजार र म्यान अफ दि सिरिजले २५ हजार पुरस्कार पाउने छन् ।
प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेलाई पनि ५ हजार प्रदान गरिने छ ।