पाँचथर । पाँचथर गोल्डकपको चौंथो संस्करण हुने भएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । करिव चार बर्षपछि यो प्रतियोगिता फेरी हुन लागेको हो । अन्तिम पटक २०७६ को चैतमा भएको यो प्रतियोगिता त्यसपछि विभिन्न कारणले रोकिदै आएको थियो । प्रतियोगित फिदिम माबिको खेलमैदानमा हुनेछ ।
आयोजकले यसपटक प्रतियोगिता फाल्गुन १२ गतेबाट १९ गते सम्म हुने बताएका छन । ८ टिमको सहभागिता हुने प्रतियोगितामा एक अन्तराष्ट्रि टिम पनि समावेश हुने बताइएको छ । प्रतियोगितामा एक टिम आयोजकको हुनेछ । प्रतियोगितामा सहभागी टिमहरुको टुङगो लाग्न केहि समय लाग्ने आयोजक क्लबका सचिब योगराज सेढाइले जानकारी दिए । उनका अनुसार मौफसलका झापा, मोरङ सहित ए डिभिजन लिग खेल्ने टिम र एनएसएल खेल्ने टोलीहरुलाई सहभागि गराउने प्रयास भइरहेको जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रोले दुई लाख २२ हजार रुपैयाँ पुरस्कार पाउनेछन । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामासहभागि खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको आयोजकले जानकारी दिए । व्यवस्थित खेलमैदान नभएको र बाँसको अस्थाइ प्यारापिटबाट दर्शकले खेल हेर्न पर्ने भएकाले दर्शको समेत बिमा गरिने आयोजकले जनाएको छ ।