इलाम । इलाममा जारी प्रथम एनआएनए इलाम गोल्डकपको आज अन्तिम सेमिफाइनल खेलमा पाँचथर फुटबल क्लब र बिर्तामोड युनाइटेड बिच प्रतिस्पर्धा हुँदैछ । मैदानमा दुबै टोलिको लक्ष्य जितनै हुनेछ । बिर्तामोडले सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ३-० गोलले पराजित सेमिफाइनलमा प्रबेश गरेको थियो । यता, पाँचथर फुटबल क्लबले नेपाल सुपर लिग टोली बुटबल लुम्बीनी लाई टाइब्रेकरमा हराउँदै पाँचथरले अन्तिम चारमा स्थान बनाएको हो ।
आफु भन्दा धेरै माथिल्लो स्तरको टोलिलाइ हराउदै सेमिफाइनल प्रबेश गरेकाले पाँचथर मनोबल उच्चका साथ मैदानमा उत्रने छ । झापा पनि आफ्नो पुरानो लयका साथ मैदान उत्रन चाहान्छ । आजकाे बिजेताले १३ गते उपाधिकाे लागि एनआटि क्लब सँग खेल्नेछ ।
बिर्तामोड अनुभबि खेलाडी योगेश गुरुङ, देबेन्द्र तामाङ, हिसब थपलिया, प्रशान्त लक्सम लगायतका खेलाडीहरु सहित मैदान उत्रन्दा सिमान्त थापा, सुदिप श्रेष्ठ, अशोक खवास, सुनिल खड्का, मन्जिल खड्का र रोमन भुजेल लगायतका खेलाडीहरु सहित प्रतिस्पर्धा गर्ने छ ।
माघ १३ गते हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितालाइ एनआरएनएले मुख्य प्रायोजन गरेको छ ।