गिरिराज बाँस्कोटा
पाँचथरको जनसंख्या वृद्धि ऋणात्मक हुदैँ गएको छ । जनगणना २०७८ को तथ्याङकलाई हेर्ने हो भने माईनस १ दशमलव ०२ ले जनसंख्या ऋणात्मक हुदैँ गएको छ ।
२०४८ साल यताकै कम जनसंख्या जनगणना २०७८ मा देखिन्छ । २०७८ को जनगणना अनुसार पाँचथरको जनसंख्या १ लाख ७२ हजार ४ सय रहेको छ । तथ्याङकलाई हेर्ने हो भने २०३८ पछि कम जनसंख्या २०७८ सालमा देखिन्छ ।
२०३८ सालमा पाँचथरको जनसंख्या १ लाख ५३ हजार ७ सय ४६ रहेको थियो । यसपछि २०५८ सालसम्म जनसंख्या बढेको देखिन्छ भने २०६८ देखि जनसंख्या घट्न थालेको देखिएको छ ।
२०४८ मा १ लाख ७५ हजार २ सय ६ जनसंख्या रहेको थियो । २०५८ सालमा २ लाख २० हजार ५६ जनसंख्या रहेको थियो । २०६८ मा आउदा नजसंख्या घटेर १ लाख ९१ हजार ८ सय १७ भएको थियो ।
२०७८ को जनसंख्या अनुसार पुरुष भन्दा महिलाको संख्या धेरै छ । महिला ८६ हजार ७ सय १७ जना र पुरुष ८५ हजार ६ सय ८३ जना रहेका छन् । २०३८ यता महिलाको जनसंख्या धेरै देखिन्छ । २०३८ सालमा पुरुषको जनसंख्या ७६ हजार ५ सय ८५ छ भने महिलाको ७७ हजार १ सय ६१ रहेको थियो । २०४८ मा पुरुष ८६ हजार २ सय ५४, महिला ८८ हजार ९ सय ५२, २०५८ मा पुरुष ९९ हजार ४२ र महिला १ लाख ३ हजार १४ जना रहेका थिए । २०६८ मा पुरुष ९० हजार १ सय ८६ र महिला १ लाख १ हजार ६ सय ३१ रहेको छ । तुलानात्मक रुपमा महिलाको जनसंख्या पनि निक्कै घटेको देखिन्छ ।
२०७८ को जनगणनाको रिर्पोट अनुसार पाँचथरमा ४२ हजार ४ सय ९१ रहेको छ । परिवार संख्या भने बढेको देखिन्छ । २०६८ सालमा परिवारको संख्या ४१ ह्जार १ सय ९६ रहेको थियो । २०७८ को जनगणना अनुसार देशको कुल जनसंख्याको आधारमा पाँचथरको हिस्सा ० दशमलव ५९ रहेको छ । विदेश गएकाको संख्या ११ हजार ७ सय १ जना रहेको छ । साक्षरता भने ८२ दशमलव २९ प्रतिशत रहेको छ ।
पाँचथरको जनसंख्या ४० बर्षयताकै थोरै
पाँचथरको जनसंख्या ४० बर्षयताकै थोरै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस