पाँचथर । साहित्यकार प्रा.डा गोविन्दराज भटराई र साहित्यकार मोहन दुवाल समथिङ राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएका छन् । समथिङ फाउण्डेसनले २०८० सालको पुरस्कार भटराईलाई र २०७८ सालको पुरस्कार दुवाललाई प्रदान गरेको हो ।
५५ हजार ५ सय रुपैँया सहित दुई जना साहित्यकार फिदिममा पुरस्कृत भए । यस्तै समथिङ राष्ट्रिय सम्मानबाट साहित्यकार शान्ता गौतम र मिना राईलाई प्रदान गरिएको छ । २०८० को सम्मान मिना राई लाई र २०७८ को सम्मान गौतमलाई प्रदान गरिएको हो । ५ हजार ५ सय ५५ रासिसहित सम्मान गरिएको हो ।
पूर्व गृहराज्य मन्त्री दिपक प्रकाश बाँस्कोटाले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।यो पुरस्कार तथा सम्मान हरेक दुई बर्षमा प्रदान गरिन्छ । कोरोना भाईसरको माहामारीका कारण २०७८ सालको पुरस्कार वितरण हुन सकेको थिएन । यस अघिको पुरस्कार कवि राज माङलाक र सम्मान विद्या निर्दोषिलाई प्रदान गरिएको थियो ।
पुस्कार स्व. रामसमथिङ गुरुङले स्थापना गरेका थिए । ५५ वटा पुस्तक प्रकाशन गरेका समथिङको २०७९ भदौँ ३० गते निधन भएको थियो । समथिङको व्याक्तित्व पारे पाँचथर पुस्तकालयका अध्यक्ष नरेन्द्र कुमार केरुङले चर्चा गरेका थिए ।