पाँचथर । शनिबार सम्पन्न भएको ‘चौथो पाँचथर गोल्डकप’मा टिकट बिक्रीबाट रु ११ लाख ७९ हजार २ सय ५० रुपौँया रकम संकलन भएको आयोजक पाँचथर क्लबले क्लबको फेसबुक पेज मार्फत टिकट बिक्रीको बिवरण सार्वजनिक गरेको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम संकलन भएको हो।
प्रतियोगितको पाँचथर क्लब र नमोबुद्ध फुटबल सप्तरी बिच भएको उद्घाटन खेलमा फाल्गुण १२ गते एक लाख १८ हजार पाँच सय, १३ गते भएको झापा ११ र रेडहर्स इलाम बिचको खेलमा ६८ हजार पाँच सय ५०रुपौँया , १४ गते भएको पथरी ११ र बाग्मती युथ क्लब सर्लाहि बिचको खेलमा ६३ हजार ६ सय तथा फाल्गुण १५ भएको अन्तिम क्वाटरफाइनल त्रिभुव आर्मी र हिल्स एकेडेमी भारत बिच भएको खेलमा ९२ हजारको टिकट बिक्री भएको आयोजक क्लबका सचिब योगराज सेढाईले जानकारी दिए ।
फाल्गुण १६ गते भएको पहिलो सेमिफाइनल खेल आयोजक पाँचथर क्लब र बाग्मती युथ क्लब सर्लाही बिच भएको खेलमा १ लाख १६ हजार ७ सय ५० रुपौँया संकलन भएका क्लबले जनाएको छ । १७ गते भएको त्रिभुवन आर्मी फुटबल क्लब र झापा ११ बिच भएको दोश्रो सेमिफाइनल खेलमा १ लाख ५६ हजार रुपौँया संकलन भएको जनाइएको छ ।
फाल्गुण १९ गते पाँचथर क्लब र त्रिभुवन आर्मी क्लब बिच भएको फाइनल खेलमा टिकक बिक्रीबाट ६ लाख ३० हजार संकल भएको सेढाइले जानकारी दिए ।
सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क दुई सय र क्वाटरफाइनलका लागि एक सय ५० रुपौँया टिकटदर निर्धारण गरिएको थियो। फाइनल खेलका लागि पनि ३ सय रुपौँया टिकट शुल्क निर्धारण गरिएका थियो । खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।
प्रतियोगितामा ए डिभिजन क्लब अर्मी सहित आठ टोली सहभागी रहेका थिए । केहि दिन भित्रका प्रतियोगिताको सम्पुर्ण हिसाब सार्वजनीक गर्ने तयारी क्लबले गरेको सचिब सेढाईले जानकारी दिए ।
प्रतियोगिताको विजेता त्रिभुवन आर्मीले उपाधि सहित ५ लाख ५ हजार र दोस्रो पाँचथरले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्यो। चार बर्षपछि यो प्रतियोगिता आयोजना भएको थियो । पछिल्लो पटक २०७६ को चैतमा प्रतियोगिता भएको थियो ।