इलामलाई देशविदेशमा चिनाउनका लागि उक्त महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला, संगीत प्रतिष्ठानका संयोजक प्रकाश थाम्सुहाङले जानकारी दिए ।
थाम्सुहाङका अनुसार, महोत्सवमा समाजका विभिन्न पक्षका विद्वान्हरूले समाजका विभिन्न पक्षमा बहस गर्नेछन् । त्यसैगरी, महोत्सवमा देश तथा विदेशका राजनीतिकर्मी, लेखक, साहित्यकार वक्ताको रूपमा इलाम आउनेछन् । महोत्सवमा कविता र गजलसहित दुई दिनमा १० वटा सत्र रहनेछन् ।
महोत्सवको प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्ने कार्यक्रम आइवजकले बताएका छन् । सूत्र वक्ताको रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रहेका छन् । उनले नेपालको ‘संरचनात्मक संकट र दिगो समाधानको बाटो’ मा आफ्ना धारणा राख्ने बताइएको छ ।
त्यसैगरी, ‘राष्ट्र निर्माणको जुक्ति’ शीर्षकमा विश्वप्रकाश शर्मा, प्रदीप ज्ञवाली र सीके राउतसँग टीकाराम यात्रीले बहस गर्नेछन् । नेपाल २०३०: समुन्नतिका लक्ष्य, चुनौती र इलाम सन्दर्भमा स्वर्णिम वाग्लेले धारणा राख्नेछन् ।
‘संघीयता यस्तै वा कस्तो ?’ विषयमा नविना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीसँग बच्चु हिमांशुले बहस गर्नेछन् । ‘कवितामा के छ ?’ सेसनमा सोझो गाउँले, सुन्दर कुरूप, सुमानिसँग हेमन यात्रीले सहजीकरण गर्नेछन् । ‘मिथकदेखि मिथकसम्म’ अरुण गुप्ता, राजन मुकारुङ र रजिन पनेरुले छलफल गर्नेछन् ।
‘आख्यान अन्तिम पात र नयाँ पालुवा’ विषयमा नारायण ढकाल र बसन्त बस्नेतसँग राजकुमार बानियाँले छलफल गर्नेछन् भने ‘बदलिँदो विश्व, फेरिँदो स्थानीयता’ शीर्षमा रोहेज खतिवडा, धर्मेन्द्रविक्रम नेम्वाङ र रञ्जित तामाङसँग प्रञ्जु पन्तको छलफल रहनेछ ।
चारखोलाको रङगमञ्च’मा सुरेश पोर्तेल र चेतन आङ्थोपुसँग सुनिता तामाङले छलफल गर्नेछिन् । राजा पुनियानीको पोयट्री इन मुभेमेन्ट रहनेछ भने पहिलो दिनको साँझमा गद्य र पद्य कविता वाचन हुनेछ । गद्य कविताको संयोजन अन्वेश थुलुङले गर्नेछन् भने टिप्पणी डा. तुलसी गौतमको रहनेछ । छन्द कविताको संयोजन प्रतिभा पौडेलले गर्नेछिन् ।
‘संरक्षण र पर्या पर्यटन’को विषयमा सोनाम टासी लामा, दिपेन्द्र कर्ण र डा. अस्मिता विष्टको छलफल चल्नेछ भने लुना खतिवडाले सहजीकरण गर्नेछिन् । ‘मातृभाषाको सकस’मा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुलाई समुन लिङदेनले बहस गराउनेछन् भने ‘उमेरका कथा’मा अभि सुवेदीसँग दीपक सापकोटाले छलफल गर्नेछन् ।
‘सिनेमाः कस्तो मौलिकता’मा मीन भाम, केकी अधिकारी, रामबाबु गुरुङ बीचको छलफललाई सुरज सुवेदीले सहजीकरण गर्नेछन् । ‘अक्षरमोहः अक्षर यात्रा’ सेसनमा शैलेन्द्र अधिकारी, शंकर तिवारी र टीका आत्रेयसँग उदय अधिकारीले मोडिएट गर्नेछन् । ‘सीमा, साहित्य र संस्कृति’मा कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीसँग वियोगीले सहजीकरण गर्नेछन् भने ‘साहित्यमा प्रतिरोध’मा वक्रिम हथवार, रुमि लस्कर वोरासँग राजा पुनियानीको छलफल रहनेछ । आयोजकले निक्कै आर्कषक प्रचार गरिरहेको छ ।आफू इलाम आउन आतुर रहेको बरिष्ठ साहित्यकार अभि सुवेदीको भनाई रहेको छ । भिडियोका मध्यमबाट राजनीतिज्ञ, साहित्यकारहरुले इलामको महोत्सवमा संक्रिय सहभागि जनाउने बताईरहेका छन् । इलामको साहित्यिक महोत्सवमा सहभागि हुन निक्कै लालायित रहको तेह्थुमकी कवि सुस्मा दाहालले बताइन् । कविता सुनाउने गरी चैत–१५ गतेनै इलाम पुग्ने उनको भनाई छ ।
दोस्रो दिन गजल साँझ हुनेछ । तीन दर्जन स्रष्टाले कविता, गजल सुनाउने थाम्सुहाङले जानकारी दिए । महोत्सवमा १० जना कालाकारले चियाबारीबाट रेडपाण्डाको पेन्टिङ गर्ने बताइएको छ ।