गिरिराज बाँस्कोटा
फालेलुङ (पाँचथर)– भारतसँग सिमाना जोडिएको चाररातेमा केहिदिन अगाडीदेखिनै चहलपहल थियो । चौरी डुल्ने र भारतीय पर्यटक घुम्ने यो क्षेत्रमा नयाँ बर्षको दिन हजारौँ मान्छेले भरीभराउ बन्यो ।
डाँडामा चौरी थिए, वरपर थरी थरीका गुराँस देखिन्थे । सन्दर भुगोल भएकाले जतापनि रमाउन सकिने ठाँउ थियो । उच्च पहाडका डाँडामा ठुलो संख्यामा दौडीदै चौरीहरु आईपुगे । सहर तथा गाँउबाटपनि उसरीनै ठुलो संख्यामा मान्छेहरु भेला भएका थिए । चौरीसँग सेल्फि खिच्न, रमाउन मान्छेहरु झुमिरहेका देखिन्थे । ठुलो संख्यामा मान्छेको भिड र गाडीको आवागमने चौरी भाग्न खोज्थे ।
पाँचथरको फालेलुङ गाँउपालीको भारतसँगको सिमाना चाररातेभन्ने ठाँउमा आयोजित सातौँ चौंरी पर्यटन महोत्सवले यो जमघट गराएको थियो ।
सातौँ संस्करणको महोत्सवको विगत जस्तो प्रचार थिएन । तर देश विदेशबाट उलेख्य संख्यामा पर्यटक चारराते पुगेका थिए । नयाँ बर्ष उच्च पहाडी डाँडामा मनाउने गरी चौरी महोत्सव ‘ब्राण्ड’ बनेको छ । ‘चौरी महोत्सवको ख्याती त देश विदेशमा फैलियो । यो ठाँउ आफैमा सुन्दर छ । क्रस बोडर टुरीजमको योजना पनि छ’ फालेलुङ गाँउपालिका अध्यक्ष विरविक्रम थाम्सुहाङले भने ‘यो महोत्सवले पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्यो ।
हिमालको गहनाको रुपमा रहेका चौरी व्यवसायलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने हेतुले आयोजना गरिएको महोत्सवमा नेपालकामात्र नभई भारतका उलेख्य पर्यटक सहभागि थिए । डाँडामा रहको होमस्टे, चौरी गोठ भरीएका थिए भने डाँडाभरी टेण्टमा मान्छेहरु थिए ।
चौरी प्रर्दशनी, चौरी जन्य उत्पादनको प्रर्दशनी, अवलोकन भ्रमण, साहासिक फुटवल प्रतियोगिता, चौरीजन्य परम्परागत संस्कृतिको प्रर्वद्धन, अन्तरक्रिया, लोकदोहोरी, सास्कृतिक कार्यक्रम लगायतका गतिविधि महोत्सवमा भएकाछन् ।
समुद्र सतहदेखि ३ हजार ४ सय ५० मीटरको उचाईमा रहेको यो क्षेत्र प्राकृतिक रुपमा सुन्दर छ । बेसीतीर गर्मि सुरु भएपनि चारारातेमा जाडो अत्याधिक थियो । पहाडै छाप्नेगरी बेलाबेला कुहिरो आउथ्यो । तर यो महोत्सवले गर्दा नजिकका सन्दकपुर लागयतका ठाँउका होटलहरु पनि भरीभराउ थिए ।
महोत्सवले चौरी पालन व्यवसायलाई प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको आयोजकको भनाई छ ।
‘बस्ती टाढा गोठमा काम गर्नेलाई महोत्सवले उर्जा दिएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग पुग्दै गएको छ’ चौरी पालक चन्द्र नेपालले भने ‘सातौँ सस्करण आईपुग्दा पर्यटन प्रवद्र्धन, चौरी पालकालाई सहयोगमा बृद्धि तथा यो क्षेत्रको पहिचान देश विदेशमा फैलिएको छ ।’
महोत्सवमा कोशि प्रदेशका विभिन्न जिल्ला र काठमाण्डौँबाट पनि आन्तरीक पर्यटक थिए । भारतीय पर्यटकको त यो महत्पूर्ण घुम्ने गन्तव्य नै हो ।
सातौँ संस्करणको चौरी महोत्सव सम्पन्न गर्नका लागि तयारी तिब्र बनाइएको छ । समुद्र सतहदेखि ३ हजार ४ सय मिटर उचाईमा रहेको फालेलुङ गाँउपालीकाको चारराते भन्ने ठाँउमा महोत्सव सम्पन्न गर्नकालागि तयारी तिब्र बनाइएको हो ।
भारतसँग सिमाना जोडिएको सुन्दर प्राकृतिक गन्तव्य चाररातेमा पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रबाट चौरी भेला गरेर महोत्सव गर्न लागिएको हो । क्रस बोडर टुरिजमको समेत विकास गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।