पाँचथर– पाँचथरको फालेलुङ गाँउपालीकाको थकेपुङमा व्यवसायी र व्यवसायी हुन् इच्छुक २६ जनाले ५ दिन सम्म होमस्टे व्यवस्थापन र कुकिङ सम्बन्धी तालिम पाएका छन् । पर्यटन विकासकालागि महत्पूर्ण मानिएको पकाउने सिप दिने गरी तालिम आयोजना गरिएको थियो ।
विभिन्न पर्यटकिय क्षेत्र, रेडपाण्डा जस्ता बन्यजन्तू र चौरी जस्तो पशुपालनले प्रसस्त सम्भावनाको रुपमा रहेको यो पालीकामा खानपानको व्यवस्थापनका लागि तािलम आयोजना भएको थियो । फालेलुङ गाँउपालीका र रेडपाण्डा नेटवर्कको सहयोगमा दिपज्योती युवा क्बले तालिमको आयोजना गरेको थियो ।
तालिममा रैथाने समाग्रिबाट बनेका खानेकुरालाई जोड दिएको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवाले बताए । तालिममा सिकेको सिपले विभिन्न २६ किसिमका खानेकुराको प्रर्दशनी र खानपान भएको थियो । अब घुम्दै आउदा चाउचाउ, थुक्पा नभई रैथाने खानेकुराको खानेकुरा पाईने अपेक्षा राखिएको गाँउपालिका अध्यक्ष विरक्रिम थाम्सुहाङले सहजिकरण गरेका थिए ।
पाँचदिन सम्म सहभागिले निक्कै मेहेनत गरेका थिए । रमेश राईले तालिम दिएका थिए । सिकेका सिप व्यवहारमा ल्याउन गाँउपालीका उपाध्यक्ष महेन्द्रहाङ जवेगुको सुझाव रहेको ।
उच्च पहाडीदेखि मध्यपहाडी क्षेत्रमा फैलिएको यो गाँउपालीकामा अनेकन पर्यटकिय सम्भावना छ । सिमावर्ती क्षेत्र समेत भएकाले पर्यटन विकासको निक्कै ठुलो सम्भावना रहेको पाईन्छ । यहि सम्भावनालाइ ख्याल गर्दै पर्यटन क्षेत्रमा विशेष जोड दिइएको प्रमुख प्रशासकिय अधिकृत डम्बर आङदेम्बेले बताए ।
होमस्टेको माध्यमबाट आयआर्जको वृद्धि हुन सकोस भन्ने लक्ष रहेको क्लबकी कार्यक्रम अधिकृत पेमा भुटियाले बताईन ।
हेरौँ विभिन्न परिकारकार ः