फिदिम । फिदिम १ कि ४० वर्षीय एक महिलाको कोरोना संक्रमणको कारण बिराटनगरमा निधन भएको छ । उनलाइ जेठ १९ गते पिसिआए परिक्षणमा कोरोना पुष्टी भएको थियो । स्वास्थ्यमा समस्या आए पछि २३ गते कोभिड अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उन स्वास्थ्यमा थप समस्या आए पछि कोभिड अस्पताल पाँचथरले जेठ २४ गते बिराटनगर रेफर गरेको बताइएको छ । बिराटनगरमा उपचारको क्रममा मंगलबार १२ बजे मुत्यु भएको उनको पारिवारीक स्रोतले जानकारी दिएको छ । उनको शव बिराटनगरमै ब्यवस्थापन गर्ने बताइएको छ ।
फिदिमकी कोरोना संक्रमित एक महिलाको बिराटनगरमा निधन
फिदिमकी कोरोना संक्रमित एक महिलाको बिराटनगरमा निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस