रवि (पाँचथर)– पाँचथरको दक्षिणी मिक्लाजुङ गाँउपालिकाको केन्द्र रवि बजारमा इलाका प्रशासन कार्यालय रहेको छ । तर, यहाँबाट सेवाग्राहिले नागरिकता तथा राष्ट्रिय परिचय पत्र बनाउन पाउँदैनन् । कारण हो नागरिकतामा हस्ताक्षर गर्ने अधिकृत स्तरको कर्मचारी नहुनु ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बालाई कामु दिएर केहि समय यहाँ खटाइएपनि अनि कार्यलय प्रमुख छैनन् । नागरिकता तथा राष्ट्रिय परिचय पत्र वितरणको काम हुन नसक्दा सो क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । सदरमुकामदेखि टाढा रहेका मिक्लाजुङ गाँउपालिका र तुम्बेवा गाँउपालिका बासिन्दाले समस्या खेप्नु परेको छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी कामको शिलशिलामा रवि पुग्दा केहि घण्टामानै ३० वटा नागरिकता र ३२ राष्ट्रिय परिचय पत्र बनाउने काम भए । यसैले प्रष्टपार्छकी रविको इलाका प्रशासन कार्यालयमा अधिकृत कर्मचारी आवश्यक छ भन्ने । ग्रामिण क्षेत्र भएकाले अधिकृत कर्मचारीले आउने इच्छा गर्दैनन् ।
‘अधिकृत कर्मचारी माग गरिरहेका छौँ । माथिबाट कर्मचारी नआएका कारण समस्या भएको छ’ पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले भने ‘पाँच बर्ष सेवा गरेको नासुलाई कामु दिएर चलाइएपनि अहिले मन्त्रालयले कामु दिएर कसैलाई खटाएको छैन् ।’
एक महिना भन्दा अगाडीदेखि कार्यालयमा नागरिता जारी गर्ने अधिकारी छैनन् । अधिकृतको दरबन्दी भएपनि यहाँ पठाइएको छैन् । जिल्ला प्रशासन कार्यालय पाँचथरमा नायब सुब्बालाइ कामु दिएर केहि समय चलाएपछि अहिले कामु फिर्ता गरिएको छ ।
नागरिकता बनाउन सदरमुकाम आउनु पर्ने बाध्यता रहेको छ । बर्खाका कारण सडक विग्रिएको छ । सेवाग्राहि बस्दै सदरमुकाम आउनु पर्ने तथा कागज नमिल्दा समस्यामा पर्ने गरेका छन् ।विगत लामो समयदेखि कार्यालय प्रमुख विहिन यो कार्यालयमा नायब सुब्बालाई कामु बनाएर पठाउने गरिन्छ तर नियमितता छैन् । ‘बाटोहो हालत छ । भनेको बेला गाडि चल्दैन’ मिक्लाजुङ गाँउपालिका उपाध्यक्ष सन्तकुमार शेर्मा (सन्तोष)ले भने ‘नियमित अधिकृत बस्ने व्यवस्था मिलाइदिन पटक पटक अनुरोध गरेपनि भएको छैन् ।’
इलाका प्रशासन कार्यालयको काम नागरिकता, परिचय पत्र बनाउनेमात्र नर्भइ धेरै छन् । तर अहिले सरकारले सामाजिक सुरक्षा भक्ता लिनका लागि राष्ट्रिय परिचय पत्र बनाउनुपर्ने निर्णय गरेपछि यो क्षेत्रका जेष्ठ नागरिक तथा अपाङ्गहरु समस्यामा छन् । सदरमुकाम नै आईपुग्नु पर्ने बाध्यता छ । यो इलाका प्रशासन कार्यालयले ठुलो क्षेत्र समेट्छ । रवि बजार सहित सराङडाँड, आरुबोटे, कुरुम्बा, लिम्बा, दुर्दिम्बा, मौवा, हाङगुम, ओलने लगायतका क्षेत्रका सेवाग्राहिले सुविधा पाउछन् । सरकारले ग्रामिण क्षेत्रका बासिन्दालाई सुविधा दिनका लागि पनि कर्मचारीको नियमीतता गर्नु पर्ने मिक्लाजुङ–५ का वार्ड अध्यक्ष अविशन लावती बताउँछन् । सदरमुका पुगेर कागज नमिल्दा समस्या हुने गरेको उनले बताए ।
बर्खाका कारण सडकमा समस्या छ । सार्वजनिक यातायात कमैमात्र चल्छन् । लिम्बा, दुर्दिम्बा क्षेत्रका बासिन्दा तराई घुमेर फिदिमसम्म आईपुग्नु पर्ने बाध्यता छ । बाटो राम्रो नभएकाले झापा झरेर सदरमुकाम फिदिमसम्म पुग्नु पर्ने बाध्यता रहेको मिक्लाजुङ–७, का रिमुकहाङ माखिमले बताए ।
रविमा छैनन् प्रमुख, सेवाग्राहि मारमा
रविमा छैनन् प्रमुख, सेवाग्राहि मारमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस