पाँचथर– पाँचथरको फिदिम–७ रानीटारको बराजु खेलमैदानमा फुटवल प्रतियोगिता सुरु भएको छ । वाल दिवस तथा रोपाई जात्राको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको पहिलो दिन दुईवटा खेल भएका छन् । दुबै खेलमा घरेलु टोली स्तब्ध बनेको छ । पहिलो खेलमा आयोजक रानीटार युनाईटेढलार्य ५–१ गोल अन्तरले हराउदै इलामको देउमाई फुटवल क्लब सेमी फाईनलमा प्रवेश गरेको छ । त्यस्तै दोश्रो खेलमा स्थानिय स्वतन्त्र क्लबलार्य हराउदै वाई वाई पाँचथर क्बल दोश्रो चरणमा प्रवेश गरेको हो । १–० गोल अन्तरले पाँचथर क्बल विजयी भएको हो ।
प्रतियोगितामा विहिबार अजुनधारा फुटवल क्बल झापाले साखेजुङ खेलकुद विकास समिति इलामको सामना गर्ने छ भने त्रिवेणी युथ क्लब झापाले इलाम एफसिको सामना गर्ने छ ।
प्रतियोगिताको शनिवार फाईलन हुने छ । प्रतियोगिताका विजेता टिमले १ लाख १ हजार रुपैँया नगद र ट्रफि प्राप्त गर्ने र उपविजेताले ५१ हजार रुपैँया नगद र ट्रफि प्राप्त गर्ने आयोजक रानीटार युनाईटेढ क्बलका अध्यक्ष टंक गुरुङले जानकारी दिए ।
फाईलनको दिन रोपाई जात्रा गरिने छ । रोपाईजात्रा रानीटारको निक्कै पुरानो चलन हो । विगतमा भदौँ–४ गते रोपाई जात्रा हुने गथ्र्यो । यो जात्रालाई हिलोजात्रा पनि भनिन्थ्यो । रोपाई जात्राको निरन्तरता रानीटारका लागि महत्पूर्ण रहेको वार्ड अध्यक्ष रुपेन्द्र तामाङले बताए ।
पाँचथरको रानीटारमा फुटवल प्रतियोगिता सुरु, २९ गते रोपाई जात्रा
पाँचथरको रानीटारमा फुटवल प्रतियोगिता सुरु, २९ गते रोपाई जात्रा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस